• १४ असार २०८२, शनिबार

मुढा बुन्नमा व्यस्त मैवाखोलाका स्थानीय

blog

तालिममा मुढा बुन्न सिक्दै स्थानीय । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, असार १४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले १५ दिने तालिम सञ्चालन गरेको हो ।

स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वरोजगार बन्नका लागि गाउँपालिका उद्यम विकास शाखाद्वारा तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । 


तालिममा प्रत्येक वडाबाट दुई दुई जना गरी जम्मा १२ जनाको सहभागिता रहेको छ । मैवाखोला गाउँपालिकामा छ वटा वडाहरु रहेको छन् । गाउँपालिकाले यसअघि अल्लो कपडासम्बन्धी सिलाइ–बुनाई तालिम सञ्चालन गरिसकेको छ ।