• १४ असार २०८२, शनिबार

नेपाल लाओससँग पहिलो पटक भिड्दै

blog

प्रिम्याच कन्फरेन्समा आफ्नो धारणा राख्दै दुवै टोलीका प्रशिक्षकहरू । तस्बिर : एनएसजेएफ

काठमाडौँ, असार १४ गते । एएफसी महिला एसियन कप छनोट–२०२६ नेपालले आइतबार लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशक पूरा गरेको नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । उज्वेकिस्तानको तास्केन्तस्थि बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुने खेलमा नेपाल सुखत सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपालका लागि यो खेल अन्तर्राष्ट्रिय एक सयौँ खेल समेत हो । त्यसैले नेपाली महिला टोलीका लागि यो खेल ऐतिहासिक हुने छ । यस्तै नेपाली टोलीका प्रशिक्षक प्याट्रिक प्याट्रिक डे वाइल्डका लागि पनि यो डेब्यु खेल हो । 

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । लाओससँग खेल्नुअघि शनिबार आयोजित कन्फरेन्समा प्रशिक्षक प्याट्रिकले नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताउनुभयो । ‘‘अन्तर्राष्ट्रिय खेलमा उच्च स्तरको खेल खेल्नु हाम्रो लक्ष्य हो । यसका लागि हामी तयार छौँ ।’’

लाओसका प्रशिक्षकले पनि खेलाडीको मनोबल उच्च रहेकोले नेपालसँग राम्रो खेल्ने बताउनुभयो । फिफा वरियतामा नेपाल १०० र लाओस १०७औँ स्थानमा छ ।

नेपाली टोली गत बुधबार उज्वेकिस्तान पुगेको थियो । टोलीले बिहीबारदेखि उज्वेकिस्तानको ३० डिग्री सेल्सियस गर्मी मौसमसँग घुलमिल भई अन्तिम अभ्यास र तयारी गरेको थियो । 

नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।