• १४ असार २०८२, शनिबार

मेलम्चीमा यात्रुबस दुर्घटना : आठ जना घाइते

blog

दुर्घटनाग्रस्त बागमती प्रदेश –३–०१–००५ ख. ९९७६ नम्बरको बस ।

विदुर आचार्य

चौतारा, असार १४ गते । सिन्धुपाल्चोकको मेलम्चीमा यात्रुबस दुर्घटना भएको छ । बागमती प्रदेश –३–०१–००५ ख. ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो । बसमा सवार आठ जना घाइते भएका छन् । 

घाइतेको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौँ रेफर गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

चालक महेश्वर ढकालसहित अन्य दुई जनाको अवस्था भने गम्भीर रहेको छ । पाँच पोखरी गाउँपालिकाको तिपेनीबाट काठमाडौँका लागि छुटेको यात्रुबस मेलम्ची नगरपालिका–११ मा करिब १ बजे सडकबाट बगरमा खसेको हो ।