ब्रह्माण्डीय महायज्ञमा १२ करोड सङ्कलन
गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
सास्तीमा छन् निसेलढोरवासी
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बिचबिचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै
असार लागि सक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।
ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा
गोरखा नगरपालिका–५ मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा छ ।
पुल बनाउन खनिएको खाल्डोमा बालकको शव फेला
बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको हो ।
'हामी सुधार्छौँ हाम्रो विद्यालय' अभियान सुरु
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तनहुँको देवघाट गाउँपालिकामा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु भएको छ ।
बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै
रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिनुभयो ।
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान
विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।
ठेकेदारको लापर्बाहीले सडक अलपत्र
सडक कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापर्बाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्रेको काम अलपत्र परेको छ । बिरुवा–क्याराभान जेभीले २०७६ साल जेठ ३१ गते जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्रेका लागि ठेक्का लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई सास्ती भएको छ । मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत भएको छ । गत चैत, वैशाखयता निर्माण व्यवसायी आयोजना स्थलमा देखिएका छैनन् ।
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले राससलाई बताउनुभयो ।
बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।
सेती बगरमा प्रतिस्थापन कला
कतै लुक्दै, कतै झुल्किँदै बग्ने सेती नदी पोखरा महानगरको रामघाट क्षेत्रमा खुला भएर बग्छ । खुला भएकैले यहाँ नदीका दुवै तटमा घाट छन् । सेती किनारमा शनिबार फरक खालको चलहपहल थियो । किनारबाटै हिमाल र आसपासका डाँडाकाँडा देखिने र नदीको शिर र बहाव दुवैतिर खोँच भएको रामघाट बगरमा वातावरणीय प्रतिस्थापन कला निर्माण गरिँदै छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा सेती किनारमा प्रतिस्थापन कला बनाइने विभागीय प्रमुख सौरगङ्गा दर्शनाधारीले जानकारी दिनुभयो ।
गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
मनाङको स्यार्कु जङ्गलमा आगलागी
वर्षाको मुखैमा मनाङको जङ्गलमा आगलागी भएको छ । चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा शनिबार १ बजेदेखि आगलागी भएको हो । सो आगलागी भएको जङ्गल क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्दछ ।
नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन मजदुरको सामूहिक अन्त्येष्टि
नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको शनिबार सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ ।
एक गाग्री पानी भर्न डेढ घण्टा लाइन !
गोरखा सदरमुकामको दरबारमार्गमा बस्ने कृष्णबहादुर श्रेष्ठ बिहान पानी बोक्दैमा समय बित्छ। गोरखा सदरमुकाम- ६ छहरेधारामा पानीको मुहान सानो हुन थालेपछि आफ्नो पालो आउन कम्तीमा एकदेखि डेढ घण्टा कुर्नुपर्ने हुन्छ।
ऐतिहासिक ढोलठाना दरबारमा पूर्वाधार निर्माण
म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम संवत् १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ ।
अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण
नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दीको गुर्जा गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँ । जिल्लाकै अत्यन्त दुर्गम यो गाउँमा सडक सञ्जालको पहुँच पुगेको छैन ।
भानु स्मृति उद्यानमा थप पूर्वाधार निर्माण
तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणले गति लिएको छ ।
धान रोपाइँ
म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्षे धान रोपाइँ सुरु भएको छ ।
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किँरातीले रत्न मन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।
मकैको खोस्टाबाट हस्ताकलाको सामग्री
गोरखा नगरपालिकाले महिलालाई मकैको खोस्टा बाट हस्ताकलाका सामग्री उत्पादन गर्ने सीप प्रदान गरेको छ । घरमा पालिएका गाई भैँसीलाई खुबाउन प्रयोग हुँदै आएको मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाउन सिकाइएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुबेदीले जानकारी दिनुभयो ।