• ११ असार २०८१, मङ्गलबार

सवारी दुर्घटनामा युवकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, असार २ गते। मकवानपुरको  हेटौँडा-१९ दारिमटारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको क्रममा आइतबार  बिहान मृत्यु भएको छ। 

दुर्घटनामा कालिकोट सान्नित्रिवेणी गाउँपालिका ४ बस्ने ३० वर्षीया रमेश तिरुवाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते तिरुवाको भरतपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएकोमा आइतबार बिहान मृत्यु भएको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। मृतकको शव ट्रमा सेन्टरमै रहेको जनाइएको छ।

शनिबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९  दारीमटारमा  नेवारपानी तर्फबाट हेटौँडातर्फ जादै गरेको ना ७ त ४३७६ नम्बरको टयाक्टरले हेटौँडाबाट नेवारपानीतर्फ आउँदै गरेको बा ७० प ७१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलमा सवार  तिरुवा र चालक चितवन भरतपुर–५ तोरीखेत बस्ने बर्ष अन्दाजी ३७ को मुस्कान घलान घाइते हुनुभएको थियोे।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।