• १३ असार २०८१, बिहिबार

बाघको आक्रमणबाट २ घाइते

blog

बाघको आक्रमणबाट घाइते भएका स्थानीय ।

गुणबहादुर रोका 

सुलीकोट, असार ५ गते । गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । पालुङटार नगरपालिका–७ च्याङलिङ गाईफर्मनजिकै बगरखेतमा बुधबार बिहान ५ बजे भट्टाफाँट बस्ने वर्ष ७६ का गनबहादुर कुमाल र सोही ठाउँका वर्ष ६३ का राजमान कुमाललाई बाघले आक्रमण गरी गम्भीर घाइते बनाएको पालुङटार नगरपालिका–७ का वडा अध्यक्ष अर्जुन कुमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार ६३ वर्षीय राजमान कुमाल मर्स्याङ्दी नदीमा माछा मार्न जाने क्रममा र ७६ वर्षीय गनबहादुर कुमाल बिहान घाँस काट्न जाने क्रममा दुवै जनालाई बाघले आक्रमण गरी घाइते बनाएर छोडेको अवस्थामा भेटिएको वडा अध्यक्ष कुमालले बताउनुभयो । 

घाइते भएका दुवै जनालाई घाँटी, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते राजमान कुमाललाई डुम्रे अस्पतालमा उपचारको लागि पठाइएको छ । अर्का गम्भीर घाइते गनबहादुर कुमाललाई भरतपुर अस्पताल पठाइएको वडा अध्यक्ष कुमालको भनाइ छ ।