• १२ असार २०८१, बुधबार

तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

blog

अमरराज नहर्की

तनहुँ, असार ३ गते । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी  भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो ।  

सो ठाउँ निवासी वर्ष ५४ को डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिनुभयो ।  प्रनाउ रायका अनुसार बिरामी भएकामध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ का डिलबहादुर गुरुङ, वर्ष ५७ का मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा  वर्ष ९२ का रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउ ल्याउनुभएको थियो ।