• १२ असार २०८१, बुधबार

नदीजन्य पदार्थ चोरी आरोपमा टिप्पर नियन्त्रणमा

blog

सन्तोष सुवेदी

कास्की, असार ३ गते । पोखराबाट नदीजन्य पदार्थ चोरी आरोपमा दुई वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार पोखराका फरक-फरक स्थानबाट ती टिप्पर नियन्त्रणमा लिइएको हो । 

भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग१क ५२४८ नम्बरको मिनिटिप्पर पोखरा १९ करायाचौतारामा कटपिस ढुङ्गासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

शनिबार रातिको समयमा पोखरा २५ हेम्जामा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग१क ५५९३ नम्बरको टिप्परलाई चेकजाँच गर्दा अवैध छपनी ढुङ्गा लोड गरी ल्याएको अवस्थामा नियन्त्रण  लिएको उहाँले बताउनुभयो । उनीहरूको साथमा प्रयोजन खुल्ने कागजात नभएकोले उक्त टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।