• २१ वैशाख २०८१, शुक्रबार

अग्रदिपलाई पराजित गर्दै सम्झना फाइनलमा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, चैत १७ गते। अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको भलिबलमा सम्झाना युवा क्लब र आयोजक ए फाइनलमा प्रवेश गरेका छन्। 

राष्ट्रिय कप्तान मानबहादुर श्रेष्ठ र धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबलाई सिधा सेटमा पराजित गर्दै सम्झना युवा क्लब फाइनमा प्रवेश गरेको हो। सम्झनाले २५–१४, २५–१९ र २५–२३ अंकले अग्रदिपलाई पराजित गरेको हो। 

गण्डकीका पूर्व कप्तान सन्जु विक्रम शाही सम्झना युवा क्लबमा सहभागी रहनु भएको थियो। यस्तै आयोजक एले आयोजक बिलाई सिधा सेटमा पराजित गदै फाइनमा प्रवेश गरेको हो। आयोजक एमा गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन बिक सहभागी छन्। 

प्रतियोगतामा बिजेताले एक लाख २१ हजरा १११ रुपियाँ सहित कप, मेडल प्रमाणपत्र हात पार्ने छन्। यस्तै द्वितियले ८१ हजार १११ रुपियाँ, तृतियले ४१ हजार १११ रुपियाँ र सान्त्वनाले ११ हजार १११ रुपियाँ पाउने छन्। 

चैत ११ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागी छन्।