बोमलाल गिरी
नवलपुर, वैशाख २७ गते। नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। मृतक दाजुभाइ हुन्।
देवचुलीको मुण्डेबाट लोकाहातर्फ आउने क्रममा उहाँहरु सवार लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको नेपालले जानकारी दिनुभयो।
अत्याधिक गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भडमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।