• १२ साउन २०८१, शनिबार

‘पेन्सनपट्टा’ फिल्मको तयारीमा माओत्से गुरुङ

blog

सन्तोष सुवेदी
कास्की, जेठ २९ गते । 
निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ फिल्मको तयारीमा जुट्नुभएको छ । उहाँ ‘पेन्सनपट्टा’ नामक फिल्मको तयारीमा लाग्नुभएको छ । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैनन् ।

फिल्मको पृष्ठभूमि भूपू लाउरेको कथा भए पनि एउटा लोभी पात्रमा आएको परिवर्तनले कसरी दानी बन्छ भन्ने मूल कुरा फिल्मका देखाइने उहाँले बताउनुभयो ।

‘‘अहिले फिल्मका लागि सबै काम सुरु भइसकेको छैन । केही समयपछि विस्तृत रूपमा जानकारी दिनेछौँ,’’ उहाँले भन्नुभयो । उक्त फिल्म माओत्सेले आफ्नै फिल्म निर्माता कम्पनी माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण गर्न लाग्नुभएको छ ।

माओत्से पछिल्लो समय नेपाली फिल्ममा चरित्र अभिनेताको रूपमा निकै व्यस्त हुनुहुन्छ । उहाँ हाल ‘पूर्णबहादुरको सारङ्गी’ नामक फिल्मको सुटिङ व्यस्त हुनुहुन्छ । उहाँले ७ गुरुङ फिल्म समेत निर्देशन गर्नुभएको छ ।

उहाँले केही महिना अघि रिजिल भएको नेपाली फिल्म ‘दयारानी’ बाट निर्देशनमा डेब्यू गर्नुभएको हो ।