बाँकेमा दादुरा नियन्त्रणतर्फ, ५१ जना निको हुन बाँकी
बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज–गुलरिया चार लेनको सडक निर्माण सुरु
नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको जानकारी दिनुभयो ।
बुटवल नगरसभाको १२ औँ अधिवेशन सम्पन्न
बुटवल उपमहानगरपालिका नगर सभाको १२ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरू पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको नगरसभाको १२ औँ अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धी सङ्गठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो ।
राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।
सुस्ता बचाऊँ अभियन्ताको निधन
सुस्ता बचाऊँ अभियानका अध्यक्ष गोपाल गुरुङको मस्तिष्क घातबाट निधन भएको छ । गुरुङको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँकी जेठी छोरी पसन्द गुरुङका अनुसार २०२४ सालमा गण्डकी प्रदेशको तनहुँमा जन्मनुभएका गुरुङ सुस्ता बचाऊँ अभियानमा सक्रिय हुनुहुन्थ्यो ।
कृत्रिम जलाशयले हराभरा
कुनै समय हिउँद नलाग्दै सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्ती पछिल्लो समय हराभरा हुन थालेका छन् । स्थानीय सरकारको प्रयासमा निर्माण गरिएका कृत्रिम जलाशयका माध्यमबाट पानीको संरक्षणसँगै सिँचाइको व्यवस्था हुन थालेपछि किसानहरू पनि कृषि व्यवसायमा जोडिएका छन् ।
मिटरब्याजमा नयाँ शैली अपनाइँदै
मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।
सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौँ : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफूहरू गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : तीन जनाको उम्मेदवारी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको हो।
राष्ट्रिय सभा सदस्यमा एमालेबाट दसौंदीको मनोनयन दर्ता
माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) बाट कुमार दसौदीले मनोनयन दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्य समेत रहनुभएका दसौदीले मनोनयन दर्ता गराउनुभएको हो ।
रुकुमपूर्वका लेकाली भेगमा भारी हिमपात (फोटो फिचर)
मङ्गलबार दिउँसोदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।
गाउँपालिकाले उत्पादन गर्यो च्यवनप्राश
रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट ‘च्यवनप्राश’ उत्पादन गरेको जनाएको छ। नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यवनप्राश’ उत्पादन गरेको हो। पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गर्ने गरी च्यवनप्राश उत्पादन गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले जानकारी दिनुभयो।
राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी दर्ता आज
माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
सम्झौता सकियो, बनेनन् पुल
निर्माण व्यवसायीको लापरबाहीले दाङका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुल अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पक्की पुल अलपत्र परेका हुन् ।
भालुको आक्रमणबाट गम्भीर घाइते
घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ ।
व्यावसायिक बाख्रापालन, किसानलाई घाँसको समस्या
घोराही उपमहानगरपालिका–२, निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ। २० लाख रुपियाँ लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारी जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउहुन्छ।
प्रविधिले किसानलाई सहज
ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो। घरपरिवारका सबै सदस्यले काम गर्नुपथ्यो तर अहिले गाउँमै मकै छोडाउने मेसिन भित्रिएपछि दिनभर लाग्ने काम एकै घण्टामा सकिन्छ। गौमुखी गाउँपालिका–६, लिबाङ निवासी खत्री अहिले गाउँमा आधुनिक प्रविधि भित्रिएपछि किसानलाई सहज भएको अनुभव गर्नुहुन्छ।
विचाराधीन मुद्दा फिर्ता लिन विधेयक ल्याउनुपर्छ : नेता खाण
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले विभिन्न दलसँग गरेको सम्झौतालाई कार्यान्वयन गर्न सरकारले नयाँ विधेयक ल्याउनुपर्ने बताउनु भएको छ ।
गुल्मी कांग्रेसले सबै तहमा सम्मेलन गर्दै
नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौँ बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो ।
झिमरुक फाँटमा रातारात मोटरबाटो
जिल्लाको सबैभन्दा ठूलो र सुन्दर फाँटको रूपमा रहेको झिमरुक फाँटमा रातारात मोटरबाटो निर्माण गर्न थालिएको छ । स्थानीय तहले जग्गा वर्गीकरण गर्न थालेपछि बाह्रै महिना कृषि खेती हुने झिमरुक फाँटमा जग्गा धनी र जग्गा व्यवसायी मिलेर बाटो बनाउन थालेका हुन् ।
बौद्ध र सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको हो ।
कृषि फर्ममा आगलागी हुँदा २९ बाख्रा मरे
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्राको मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र राज गिरीले बताउनु भयो ।
प्रधानमन्त्री दाहाल र लुम्बिनी प्रमुख शेरचनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सञ्चालन नहुँदै बिग्रियो कार्गो एक्स–रे मेसिन
नेपालगञ्ज विमानस्थलमा आठ महिनासम्म अलपत्र परेको ‘कार्गो जाँच एक्स–रे मेसिन’ जडान नहुँदै बिग्रिएको छ। कार्गो जाँचका लागि यहाँ ल्याइएको एक्स–रे मेसिन आठ महिनासम्म पनि जडान गरिएन। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले भने सो मेसिन आएको तीन महिनापछि गत भदौमा जडान गर्न खोज्दा बिग्रिएको पाइएकाले मेसिन जडान नगरिएको जनाउँदै बिग्रिएकै अवस्थामा कम्पनीबाट आएको हुनसक्ने जनाएको छ। नेपालगञ्ज विमानस्थलबाट कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा ठूलो परिमाणको सामान हवाईजहाजमार्फत ढुवानी हुने हुँदा ती सामानको जाँचका लागि उक्त एक्स–रे मेसिन आठ महिनाअघि यहाँ ल्याइएको थियो।