बालबालिका विद्यालयबाहिरै
हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन हुँदै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकाको चार सयभन्दा बढी बालबालिका विद्यालयबाहिरै रहेका छन् ।
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती यसअघि नै निर्विरोध भइसक्नु भएको छ ।
महोत्सवमा ग्यास बिस्फोट हुदाँ एकको मृत्यु
कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।
लुम्बिनीको सभामुख उपसभामुखमा उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।
सुन्तलाको राम्रो मूल्य नपाउँदा किसान मर्कामा
गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना
आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।
दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मायादेवीमा चार सय बढी बालबालिका विद्यालय बाहिरै
हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् ।
सुस्ता जोड्ने पुल निर्माण अन्तिम चरणमा
पश्चिम नवलपरासीको सुस्तालाई नेपालतर्फको भूमिसँग जोड्ने गरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कपिलवस्तुका थारु समुदायले माघी मनाए
थारु समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि कपिलवस्तु नगरपालिका ६ सगरहवा लगायत जिल्लाको बुद्धभुमि, शिवराज र बाणगंगामा महोत्सव आयोजना गरिएको छ ।
प्युठानको गौमुखीमा भक्तजनको भिड
प्युठानको धार्मिक तथा पर्यटकीयस्थल गौमुखिमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । गौमुखि गाउँपालिका –२ मा पर्ने झिमरुक नदीको उदगमस्थल गौमुखिमा दर्शन गर्न आउने भक्तजनको भिड लागेको हो ।
रेसुङ्गाद्वारा तीन विधेयक पारित
गुल्मीको रेसुङ्गा नगरपालिकाले विभिन्न विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । नगरपालिकाको १२ औँ नगर सभाबाट विभिन्न विधेयक पारित गर्नुका साथै केही शीर्षकमा बजेट संशोधन समेत गरिएको हो ।
थारू बस्तीमा माघीको रौनक
पश्चिम तराईका दाङ, बाँके र बर्दियाका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् ।
मगर समुदायले मनायो भूम्या
माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
नदी कटान नियन्त्रण गुरुयोजना कार्यान्वयन भएन
बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाको निरन्तरको कटानका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन ।
नवलपरासीको मनरीमा माघी मेला सुरु
थारु समुदायको बाहुल्यता रहेको नवलपरासीको सरावल गाउँपालिकाको मनरीमा दुई दिने माघी मेला सुरु भएको छ । थारु समुदायले माघे संक्रान्तिलाई वर्षको नयाँ दिनको रूपमा मनाउने प्रचलनअनुसार माघे संक्रन्तिको आवसरमा सरावल गाउँपालिकाको वार्ड २ मनरीमा तीन दिने माघी मेला सुरु भएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद थारुले बताउनुभएको छ ।
राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ ।
जाडो छल्न आएका आगन्तुक चरा असुरक्षित
जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।
ऐतिहासिक प्राचीन कन्यामाई र बैरीमाई मन्दिर(फोटो फिचर)
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ७ कन्यामाईमा अवस्थित रहेको प्राचीन कन्यामाई र वैरीमाईका मूर्तिहरू। यस मन्दिरको गर्भ गृहमा रहेका निकै नै कलात्मक शैलीका विभिन्न आकारका साथै केही मूर्ति स्त्रीको रूपमा पनि देखिन्छ। यी मूर्तिहरू केही वर्ष अगाडी यत्र तत्र छरिएर रहेका थिए।
बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु
निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।
थारू समुदायमा माघीको रौनक
थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव भइरहेका छन् ।
दादुरा रुबेलाको थप खोप ल्याइयो
केही समयदेखि दादुरा सङ्क्रमण फैलिएको बाँकेमा खोप अभियान तीव्र पार्न ३० हजार मात्रा दादुराको थप खोप केन्द्रबाट यहाँ ल्याइएको छ ।
गुल्मीमा तेक्वान्दो प्रतियोगिता
गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।
पाँच वर्ष उपलब्धिमूलक
लुम्बिनी प्रदेश सरकार स्थापना भएको पहिलो पाँच वर्षमा लुम्बिनी प्रदेशमा ७४९ किलोमिटर सडक कालोपत्रे भएको छ ।