• १२ साउन २०८१, शनिबार

लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ २ गते । लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती यसअघि नै निर्विरोध भइसक्नु भएको छ । 

सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ । 

कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र १ को (१) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका विश्वप्रेम पाठकको प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल हुनुहुन्छ ।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।