• १२ साउन २०८१, शनिबार

राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी

blog

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लिला गिरी । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, पुस ३० गते । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो ।

बैठकका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब राजधानी कार्यान्वयनको कमलाई तीव्रता दिन मुख्यगरी स्थायी संरचना निर्माण गर्नु नै हो, यो काम सबैको संयोगमा सजिलै अघि बढ्छ ।’’ 

समग्र प्रदेश सरकार सफल भयो भने सिङ्गो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै यसका लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा बैठक भएको भएको थियो ।