‘पाल्पा नै हो ढाकाको राजधानी’
बिन्दु थापा तानसेन, असार २१ गते । पाल्पालाई देशकै ढाकाको एकमात्र राजधानी बनाउनुपर्ने पाल्पाका स्थानीयबासीले जोड दिएका छन् । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्र्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नसाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण पाल्पाको महत्व र पहिचान बढ्दै गएको छ यो पहिचान र इतिहास कसैले मेटाउन सक्दैन तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा गाहा सिंजालीले भनुभयो ।२०५५ सालसम्म टोपी र चोलोमा सीमित पाल्पाली ढाकाले बच्चादेखि वृद्धवृद्धासम्मको मन जितेको छ । स्वदेश र विदेशमा पाल्पाली ढाकाको चर्चा पपरिचर्चा भएको कारण अन्य जिल्लाले पाल्पाको उत्पादनलाई लगेर बिक्रि वितरण गर्दा त्यो जिल्लाको गरीमा बढ्ने छ सिंजालीले बताउनुभयो ।तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले इतिहास बिर्सेर सामाजिक संजालमा तस्बिर राख्दैमा पाल्पाली ढाकाको पहिचान नगुम्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो ।’’ सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो । सोही समयमा एउटा टोपीको मूल्य १० रुपियाँदेखि २५ रुपियाँसम्म पर्दथ्यो । टोपीको मूल््य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको होे । २०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएकाले पाल्पालाई ढाकाको राजधानी गराउनुपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको हो । २०७९ असार २० गते ढाकाको राजधानी तेह्रथुम घोषणा गरिएको समाचार सामाजिक संजालमा आएसँगै पाल्पा उद्योग वाणिज्य संघको ध्यान केन्द्रित भएको र पाल्पालाई नै ढाकाको राजधानी गराउनुपर्नेमा दुईमत नरहेको पाल्पा उद्योग वाणिज्य संघ पाल्पाका महासचिव शैलेन्द्र भट्टराईले बताउनुभयो । ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय सुरु भएको थियो । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको पूर्णमाया मर्हजनले बताउनुभयो । स्व गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । पाल्पामा पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गर्दछन् । पाल्पाली ढाकाबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी ५० बढी थरिका सामान उत्पादन हुने गर्दछ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । कार्की ढाका उद्योग, सरस्वती ढाका कपडा, पौडेल ढाका कपडा उद्योग, नेपाल कपडा उद्योग, बाँस्टारी ढाका कपडा उद्योग, मंगलचन्द ढाका कपडा उद्योगलगायतका उद्योग सञ्चालनमा छन् ।
तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि
१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाल् जितेको छ । पाल्पाको दमकडामा भएको प्रतियोगितामा तानसेन १९ स्वर्ण पदकसहित पहिलो भएको हो । सात वटा स्वर्ण पदकसहित रम्भा गाउँपालिका दोस्रा र पाँच स्वर्ण पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ ।
रिडी नदीमा डुबेर एक बालकको मृत्यु
रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालको तीन वर्षका छोरा मानिस कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।
कर्साघाटमा पुल निर्माण
बुटवल उपमहानगरपालिका–१५ र सैनामैना नगरपालिका–१ जोड्ने गरी १२७ मिटर लामो कर्साघाट (दानव नदी) पुल निर्माण सम्पन्न भएको छ । करिब ११ मिटर चौडाइको सो पुल तीनवटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेशको आर्थिक विवरण : बैंकमा पैसा राख्नेमा रुपन्देहीका नागरिक अगाडि
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । रुपन्देहीको हिस्सा सबैभन्दा बढी ४४.४८ प्रतिशत रहेको छ ।
बाँकेमा प्रदेश सरकारको ‘हरित सडक’ बनाउने अभियान शुरु
लुम्बिनी प्रदेश सरकारले शुरु गरेको ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत बाँकेमा पनि सडकको किनार र डिभाइडरमा वृक्षारोपण गर्ने कार्य शुरु गरिएको छ ।
फोहोरबाट जैविक मल
जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा रहेको छ ।
कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एउटै मोटरसाइकलमा सवार भारतको सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी गराउनुभयो ।
बाँकेमा कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ ।
तिनाउ नदीमा भारतीय युवकको शव फेला, एक बेपत्ता
तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । आइतबार दिउँसो ३ बजेतिर भारतबाट पाल्पाको तिनाउ–२, स्थित शिद्धबावा मन्दिरमा दर्शनका लागि आएका दुई जना भारतीय युवा पौडी खेल्ने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।
लुम्बिनीको हिस्सा चौध प्रतिशत
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ । सात प्रदेशमध्ये यो तेस्रो ठूलो हिस्सा हो । राष्ट्रिय जीडीपीमा सबैभन्दा धेरै बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत रहेकामा दोस्रोमा प्रदेश १ को १५ दशमलव ७ प्रतिशत रहेको छ ।
सिसिटिभी क्यामेराको निगरानीमा लुम्बिनीको दान गणना सुरु
बुद्ध जन्मस्थल लुम्बिनीका दानपेटिकाको रकम गन्न सुरु गरिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ ।
दुई महिनापछि खुल्यो ताल्चा
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।
मेसिन अभावमा सिकलसेल परीक्षणमा कठिनाइ
सिकलसेल तथा थालेसिमियाका बिरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । तर पहिचानका लागि मेसिनको अभाव देखिएको छ ।
बाँकेमा लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिड खोप
पहिलो पटक बाँके जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गरिएको अभियानमा निर्धारित लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले बताउनुभयो ।
कोरोना जोखिम भत्ता माग
सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् ।
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीमा पनि सङ्क्रमण देखिने क्रम बढ्दै गएको छ । भारतबाट आउनेमा फेरि कोरोना देखिन थालेपछि यहाँस्थित जमुनाह नाकामा आवागमन गर्नेमाथि फेरि कडा निगरानी सुरु गरिएको छ ।
कालीगण्डकी कोरिडोर अवरुद्ध
पछिल्लो तीन दिनदेखि पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखी पुर्तिघाट सडकखण्डको कनौटामा सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । असार १६ गतेदेखि सडकमाथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । असार १५ गतेदेखि अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो खस्न नरोकिएकोले समस्या भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो ।
चट्याङ लागेर किशोरीको मृत्यु
कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
सिद्धबाबा सडकखण्डमा टनेल मार्ग निर्माण हुन्छ : गृहमन्त्री
गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिकाले जित्यो राष्ट्रपति रनिङसिल्ड
बागलुङ नगरपालिका बागलुङले १० औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जितेको छ । बागलुङका १० स्थानिय तह मध्य ८ पालिकाले खेलाडी पढाएका थिए ।
नेपालगञ्ज मेडिकल कलेजले प्रहरीलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने
नेपालगञ्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।
हरेक नागरिककाे सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले हरेक नागरिकको विवरण सरकारसँग हुनुपर्ने बताउनुभएको छ।
बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ
गुल्मीमा सहोदर बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।