कपिलवस्तु अस्पताल मुलुककै सर्वोत्कृष्ट
कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा देशभरकै अस्पतालमध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको न्यूनतम सेवा मापदण्ड (एमएसएस (मिनिमम सर्भिस स्ट्यान्डर) स्रोत व्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अङ्कसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गर्नुभएको हो। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले अस्पतालमा आयोजना गरेको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अङ्क ल्याएको स्रोत व्यक्ति पच्याले बताउनुभयो।
गाउँगाउँमा विद्युत् विस्तार
जिल्लाको पूर्वी भेगस्थित निस्दी गाउँपालिकामा विद्युत् विस्तारको काम अगाडि बढेको छ। निस्दीको विद्युत् विस्तार गर्न बाँकी भएका अधिकांश गाउँमा केही महिनाभित्र बिजुली बत्ती बाल्ने गरी काम भइरहेको हो। डेढ दशकअघि यहाँका स्थानीय बासिन्दाले विद्युतीकरणका लागि बाख्रा तथा सुँगुरका पाठा बेचेर पाँच हजारदेखि सात हजारसम्म रकम सङ्कलन गरेका थिए। यद्यपि विद्युत् विस्तारको काम गर्ने ठेकेदारका कारण लामो समयसम्म विद्युत् विस्तार हुन सकेको थिएन।
करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन
कञ्चनपुरमा पालिकाहरूले कराेडौँ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन । छाडा पशु चौपायाहरू राजमार्गमा जथाभाबी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।
‘लक्षित बालबालिका नै खोप लगाउन आउँदैनन्’
बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शिक्षकलाई तलब खुवाउन विद्यालयमा सटर निर्माण
नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।
अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि
म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।
कृष्णनगर भन्सारको राजस्व सङ्कलन न्यून
कपिलवस्तुको प्रमुख व्यापारीक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधा भन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक बर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अरब ७५ करोड ४४ लाख उठाउने लक्ष्य रहे पनि एक अरब ७५ करोड २४ लाख मात्र राजस्व सङ्कलन भएको भन्सार अधिकृत ठाकुर गौतमले बताउनुभयो ।
छिटो सेवा दिन टाइम कार्ड
नियमित सेवा लिन आउने सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारबाट टाइम कार्ड लागू गरेको छ। प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसो आउनेलाई पहेँलो टाइम कार्ड उपलब्ध गराई सेवा दिन सुरु गरेको छ।
विद्यार्थी बने सद्भावना दूत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गर्नुभएको छ। कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गर्नुभएको हो।
जगदीशपुरमा आगन्तुक चरा बढ्दै
विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्। चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्।
मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनुभयो ।
भीर फोडेर सडक चौडा बनाउने काम तीव्र
सलिम मियाँबिजुवार, माघ ५ गते । डरलाग्दो चट्टानी भीर । साँघुरो र घुम्ती सडक । सडक साँघुरो हुँदा सवारी साधन आउजाउमै मुस्किल । एकातर्फ पहाड र अर्कोतर्फ भीर भएकाले यो सडकमा हिँड्नै डरमर्दो छ ।पहाडको खोंचमा रहेको प्युठानको बड्डाडा चकचके जोड्ने सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ । तर, अहिले प्युठानको बड्डाडा चकचके सडक खण्डको गर्जेनी भीर फोडेर सडक फराकिलो बनाउने गरी काम सुरु भएको छ।डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख वीरेन्द्रबहादुर चन्दले गर्जेनी र आसपासका भीर फोडेर सडक चौडा बनाउने गरी काम सुरु भएको जानकारी दिनुभयो ।गएको पुस २८ गतेबाट प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द गरेर सडक बिस्तारको काम भइरहेको चन्दले बताउनुभयो।भीरको चट्टान काटेर सडक फराकिलो बनाउने जिम्मा आंसु लेकाली जेभीले पाएको छ । चार मिटर चौडा रहेको उक्त सडक अब आठ मिटर फराकिलो बनाइने डिभिजन सडक कार्यालय, प्युठानले जानकारी दिएको छ।
बाल सुधारगृह जीर्ण हुँदा बालबालिकालाई समस्या
करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा चार बिघा दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभयो । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण सुरु ग¥यो । सोही स्थानमा पाँच बर्षदेखि जयेन्दु बाल सुधार गृह सञ्चालनमा रहेको छ ।
चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाइ
नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाई शुरु गरेर चोरी पैठारीलाई शुून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
योग शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म
योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ। पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागिएको हो। दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो।
विश्वासको मतपछि सरकार विस्तार
लुम्बिनी प्रदेशमा विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकार विस्तार गरिने भएको छ। प्रदेश मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। त्यसपछि मात्रै सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा छलफल गरिने जनाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विश्वासको मत लिनेबारे प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको छ। विश्वासको मत प्राप्त गर्नासाथ सत्ता गठबन्धनमा आबद्ध अन्य दलसँग मन्त्रालयका विषयमा छलफल गरिने मुख्यमन्त्री गिरीले जानकारी दिनुभयो। सातवटा राजनीतिक पार्टी र दुई स्वतन्त्रसहित ५६ जना प्रदेश सदस्यको समर्थनमा पुस २८ गते गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
केबलकार निर्माण धमाधम
बुटवलमा दुई ठूला केबलकार परियोजनाको तीव्र रूपमा निर्माण भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुर पुग्न केबलकार निर्माण भइरहेको हो। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा स्थानान्तरणपछि बजार सुस्ताउने अनुमान गरिएको छ। सो विकल्पका रूपमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र आर्थिक तथा पर्यटकीय ‘हब’ बन्ने अपेक्षा गरिएको छ।
सैनामैना दुर्घटनामा एकको मृत्यु, आठ घाइते
रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
बाल सुधारगृहमा पूर्वाधार अभाव
भैरहवास्थित बाल सुधारगृहमा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा समस्या भएको छ। सुरक्षाकर्मीका लागि बनेको भवनमा बालकहरू राख्नुपर्दा विभिन्न किसिमको समस्या देखिने गरेको बाल सुधारगृहका प्रमुख सुभद्रा गौतमले बताउनुभयो। यसअघि एक तलामा मात्र विभिन्न मुद्दाका बालकहरू राखिँदै आएकोमा क्षमताभन्दा बढी बालक आउन थालेपछि भुइँ तलाको थप दुईवटा कोठा प्रयोग गरिएको छ। सो भवनमा हाल ७० देखि ८० बालक राख्न सकिने गौतमले बताउनुभयो। यसअघि सुधारगृहको क्षमता ४० जनासम्म थियो। अहिले ७५ जना बालक रहेका छन्।
मौर्यकालीन पोखरी उत्खनन
प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४ मा पुरातत्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भौतिक सर्वेक्षण गरेको छ।
लुम्बिनीको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित
लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।
हातहतियारसहित दुई व्यक्ति बुटवलमा पक्राउ
बुटवलबाट हातहतियार र विस्फोटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
भीरबाट लडेर एकको मृत्यु
पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –६, पटुवाचउर बस्ने ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।