• १३ असोज २०८१, आइतबार

सैनामैना दुर्घटनामा एकको मृत्यु, आठ घाइते

blog

पविता पौडेल 

सैनामैना, माघ ४ गते ।  रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । आज बिहान ११ बजे पूर्व–पश्च्मि राजमार्ग अन्तर्गत सैनामैना वडा –४ मुर्गियास्थित झारबैरामा मिनिबस र पिकअप गाडी एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

बुटवलबाट पश्चिमतर्फ जाँदैगरेको लु ३ त ४३८४ नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको लु २ ख ८७८५ नम्बरको मिनिबस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । पिकअपमा सवार ९ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

८ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मृत्यु हुनेमा शुद्धोदन गाउँपालिका १ बस्ने अन्दाजी १९ वर्षीय दिलीप लोनीया रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।