• १२ साउन २०८१, शनिबार

लुम्बिनीको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

blog

सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका केसी खाँड ।

दिवाक पोख्रेल

देउखुी, माघ ३ गते । लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुख निर्वाचित हुनुभएको हो । 

मंगलबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक/एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्तारूढ गठबन्धनसँग असन्तुष्टि हुँदै उपसभामुखमा मनोनयन दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी पछि हटेको हो । 

आफ्नो उम्मेदवार निर्मलादेवी चौधरीलाई ‘ब्याक’ गरेर सत्तारुढ दलकोतर्फबाट उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकि मेनुका केसी खाँडलाइ मतदान गर्ने भएको हो । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म चौधरीले आफूहरूका मागलाई सम्बोधन गर्ने आश्वासन पाएपछि उपसभामुखको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रा केही मागहरू थिए, ती मागहरू सम्बोधन गर्न दलहरूको बीचमा समझदारी बन्यो ।’’ 

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो । उपसभामुखमा भने तीन जनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखबाट ब्याक हुने निर्णय गरेपछि राप्रपाकि मेनुका केसी खाँड र नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन छ । 

तर, नेपाली कांग्रेसबाट उपसभामुखमा मनोनयन दिएका पाठकको फिर्ता भएपछि सभामुख र उप सभामुख निर्विरोध निर्वाचित हुनुभएको हो ।

मुख्यमन्त्रीले ५ गते विश्वासको मत लिने

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्नेछ । उक्त बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । 

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । अहिले सत्तापक्षको स्पष्ट बहुमत छ । 

प्रदेश सभामा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार गर्ने योजना बनाउनुभएको छ । अहिले दुई विना विभागीय मन्त्री तीन जनाको मन्त्रीमण्डल छ ।