• २४ असार २०८२, मङ्गलबार

नाटकीय हस्ताक्षर अभियान जारी छ : सांसद थापा

blog

प्रतिनिधिसभाको बैठकमा धारणा राख्नुहुँदै सांसद सूर्य थापा ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २३ गते । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले कारागारमा रहेका एक व्यक्तिको याचनापत्रअनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा आज उहाँले यस्तो बताउनुभएको हो । 

२०८२ साल असार ७ गते भैरहवा कारागारमा पूर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको र याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेको व्यक्तिलाई लिएर प्रतिशोधका नाममा राजनीति भइरहेको बताउनुभयो । 

अदालतको आदेशलाई हस्ताक्षरले बदल्न नसकिने उहाँले बताउनुभयो । अदालतले हस्ताक्षरको संख्या हेरेर नभइ रिट निवेदनसाथ संलग्न तथ्य, प्रमाण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ । २०८२ असार ७ गते नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । त्यसलाई मैले याचनापत्र भनेको छु । त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ । सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन् ।’

सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको उहाँले बताउनु भयो ।