बृहत्तर बुटवल निर्माण गर्न ध्यानाकर्षण
पश्चिम नवलपरासीको बर्दघाटदेखि पश्चिम कपिलवस्तुको चन्द्रौटासम्मको भूभाग जोडेर बृहत्तर बुटवल निर्माण गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ। बुटवलको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको विषय समेटेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले मुख्यमन्त्री लीला गिरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले बुटवललाई सबल आर्थिक केन्द्रसहितको बृहत्तर बुटवल निर्माण गर्ने गरी योजनाबद्ध विकास गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ। त्यसका लागि पश्चिम नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्मको भाग समेटेर बृहत्तर बुटवल निर्माण गर्नुपर्ने ध्यानाकर्षणमा उल्लेख छ।
लमहीमा पनि मन्त्रालय राखिने
लुम्बिनी प्रदेश सरकारले प्रदेशका केही मन्त्रालयलाई लमहीसम्म राख्ने योजना ल्याएको छ। राप्ती उपत्यका क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार नभएपछि बढीमा दुईवटा मन्त्रालय लमही क्षेत्रमा राख्ने गरी तयारी थालिएको हो। राजधानी कार्यान्वयन गर्न र त्यसको भौतिक पूर्वाधारलगायतको व्यवस्था गर्न राजधानीका लागि आवश्यक प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको छ।
रुरु क्षेत्रका १५८ जनालाई निस्सा प्रदान
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा लालपुर्जा वितरण गर्नका लागि १५८ जनालाई निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गुल्मीमै पहिलो पटक सो गाउँपालिकामा निस्सा प्रदान गरेको हो ।
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते घोराही उपमहानगरपालिका –१० निवासी पूर्ण पुन मगरको उपचारका लागि भैरहवा मेडिकल कलेज लैजानेक्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शैक्षिक र पूर्वाधार विकास एकसाथ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो ।
बुटवलमा फागुन २ गतेदेखि कृषि मेला हुने
फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो ।
किवी खेतीबाट पाँच गुणासम्म फाइदा
परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रुपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
रुकुम गाड जलविद्युतको उत्पादन परीक्षण गरिँदै
रुकुम गाड जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षणको तयारी हुने भएको छ । सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो ।
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ
लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको सत्ता साझेदार दलहरूले बताएका छन्। प्रदेशमा रहेको विषयगत समितिको नेतृत्व मिलाउँदा मन्त्रालय बाँडफाँटमा सहज हुने नेपाल कम्युनिस्ट पार्टी एमालेको बुझाइ छ।
भेटिए मौर्यकालीन सामग्री
राजा शुद्धोधनको राजदरबार एवं सिद्धार्थ गौतमले जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा थप मौर्यकालीन पुरातात्त्विक सामग्री फेलापरेका छन्। तिलौराकोटको मध्य भागमा रहेको मौर्यकालीन पोखरीको उत्खननमा आहात मुद्रा (पञ्च मार्क मुद्रा)समेत भेटिएको छ। सो पोखरीको उत्खनन विगतदेखि नै भए पनि अहिलेसम्म पञ्चमार्क मुद्रा त्यहाँ भेटिएको थिएन तर अन्य स्थानमा भने फेलापरेको थियो।
पालिकालाई गुनासोसँगै सुझाव
गुल्मीको एक पालिकालाई त्यहाँका सेवाग्राहीले गुनासोसँगै सुझाव दिएका छन्।
गोरखापत्रकर्मी ज्ञवाली पुरस्कृत
गोरखापत्रका रुपन्देही समाचारदाता कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ। उहाँलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
नवलपरासीको ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुग्दै
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा समस्यामा रहेका नागरिक अब बिजुली पुग्ने भएपछि खुसी भएका छन् ।
अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले रुपन्देहीको सबैभन्दा जेठो अस्पताल भैरहवास्थित भीम अस्पताललाई करिब ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकलाई घरमै सेवा
स्वास्थ्य सेवा तथा अन्य सेवाको पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकका लागि ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गरिएको छ । सरकारले दिने सेवा ज्येष्ठ नागरिकलाई घरमै दिने उद्देश्यले पूर्वखोला गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।
दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरीको अवलोकन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन
नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन परेको जनाइएको छ ।
सहमतिमा एमालेबाटै राष्ट्रपति: गुरुङ
पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेकपा (एमाले) का नेता पार्वत गुरुङले सहमतिकै आधारमा नेकपा एमालेबाट राष्ट्रपति बन्ने बताउनुभएको छ ।
राजधानीको पूर्ण कार्यान्वयन गर्दै प्रदेश सरकार
विश्वासको मत पाएपछि लुम्बिनी प्रदेश सरकार राजधानीको पूर्ण कार्यान्वयनमा जुटेको छ । अघिल्लो सरकारले मुख्यमन्त्री कार्यालय र १३ वटा मन्त्रालय राजधानी क्षेत्रमा स्थापना गरेको थियो तर पूर्वाधार अभावका कारण मन्त्रालयको कामकाज पूर्ण रूपमा सञ्चालन गर्न सकिएको थिएन ।
पाँचतारेले सार्वजनिक जग्गा मिच्यो
जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको ठहर गर्दै मिचेको सार्वजनिक जग्गा खाली गर्न रिसोर्ट सञ्चालकका नाममा आदेशसमेत दिएको छ।
तम्घासलाई हर्न निषेधित क्षेत्र बनाइँदै
गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो ।
सैनामैनामा ऐतिहासिक तीन दिने भड्छा मेला सुरु
रुपन्देहीको सैनामैना नगरपालिकामा ऐतिहासिक भड्छा महोत्सव आज शनिबारबाट सुरु भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना –८ ले माघेऔंसीको अवसरमा मेला आयोजना सुरु भएको हो ।
टाइगर रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर
जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका –१७, स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, आठ घाइते
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।