गर्भवती खोज्दै जनप्रतिनिधि गाउँमा
गर्भवतीको अवस्था तथा स्वास्थ्य परीक्षणका लागि शीतगङ्गा नगरपालिकाको चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेको छ। स्वास्थ्य परीक्षण गर्न भिडियो एक्स–रे बोकेर घरमै चिकित्सकसहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि घरआँगनमा पुग्दा स्थानीय खुसी भएका छन्।
आठ हजार रुख काटियो
बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् प्रसारण लाइन विस्तारका क्रममा पश्चिम नवलपरासीमा मात्र आठ हजार रुख काटिएका छन्। कालीगण्डकी कोरिडोर क्षेत्रमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नवलपरासीको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा गरी आड हजार ६०१ वटा रुखहरू काटिएको डिभिजन वन कार्यालय अधिकृत महेन्द्रराज वाग्लेले बताउनुभयो।
स्वदेशी उत्पादनको बिक्री बढ्यो
भारतबाट कुखुराजन्य उत्पादनको अवैध आयात घट्दै गएको व्यवसायीले जनाएका छन् । भारतबाट हुने कुखुरा र कुखुराजन्य उत्पादनको अवैध आयात कम भएपछि स्वदेशी उत्पादनको माग बढ्न थालेको छ । पोल्ट्री व्यवसायी सङ्घ, बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिनयता बाँके जिल्लामा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको पुष्टि भएको छ । नयाँ सरकार गठन भएलगत्तै गृह मन्त्रालयबाट आएको निर्देशनलाई कडा रूपमा पालना गरिएकाले हाल अवैध आयात कम भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
औद्योगिक क्षेत्रको जग्गा नाप सुरु
दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो । अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
दुई हजार आठसय विद्यार्थीको निःशुल्क आँखा जाँच
नेपालगञ्जका विभिन्न ४ वटा विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा निःशुल्क आँखा परीक्षण गरिएको हो ।
शहीदप्रति लुम्बिनी प्रदेशका सभामुखद्वारा श्रद्धासुमन व्यक्त
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले शहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
सेल्फी लिँदा चिप्लेर एककाे मृत्यु
बुटवल सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका – २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलाको रह (दह) मा डुबेर मृत्यु भएको छ ।
नहरपुर जोड्ने सडक निर्माणको काम शुरु
बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो ।
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु
बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।
प्रयोग भएन मातृभाषाका पाठ्यक्रम
घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । थारू भाषाको पाठ्यक्रम करिब तीन वर्षअघि नै तयार भए पनि पाठ्यपुस्तक बन्न सकेको छैन। उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भए पनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभएको छ।
विदेश पलायन रोक्न उद्यम अभियान
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजले वैदेशिक रोजगारका नाममा बढ्दै गएको पलायन अवस्थाबाट युवालाई रोक्न विद्यालय तहमै उद्यम शिक्षा अभियान सुरु गरेको छ। कलेजले ‘पढ्दै कमाउँदै’ अभियानलाई विद्यालय तहमै पुगेर विद्यार्थीमाझ उद्यम अभियानका रूपमा अघि बढाएको छ। कक्षा १२ उत्तीर्णपछि अधिकांश विद्यार्थीको रोजाइमा अध्ययन र रोजगारीका लागि विदेश पलायन हुने गरेको पाइएको छ।
पश्चिमको पर्यटन प्रवर्द्धनका लागि वेस्टर्न मार्ट सुरु
पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ ।
प्रदेश राजधानी कार्यान्वयन हुन्छ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।
नागरिकलाई सहज खानेपानीको व्यवस्था हुन्छ : मन्त्री खान
नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट वञ्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
भुवने डाँडामा निर्माण भएको मन्दिरमा भीड
गुल्मीमा व्यक्तिगत लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ र गुल्मीदरबार गाउँपालिका–३ को सिमानामा पर्ने भुवने डाँडामा लाखौँ रकम खर्च गरेर एक व्यक्तिको लगानीमा आकर्षक मन्दिर निर्माण गरिएको हो ।
लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
पुस्तौँको प्रतीक्षापछि सङ्करपोखरीमा खानेपानी
पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ ।
लुम्बिनीमा शून्य पोलिथिन अभियान सुरु
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
कालो कोठीको शल्यक्रिया
नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गर्नुभएको छ। बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गर्नुभएको छ।
सांसद चौधरीद्वारा विकास योजना तयार
उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि १५ वटा महत्त्वपूर्ण योजना तयार गर्नुभएको छ । प्रतिनिधि सभा निर्वाचनका क्रममा क्षेत्रको समग्र विकासबारे जनतामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्ययन योजनाहरू तयार गर्नुभएको हो। सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाअन्तर्गतका चार वडा गरी कुल ३४ वटा वडा पर्छन्। पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि
पद मार्ग बन्यो, पदयात्री छैनन्
लाखौँ रुपियाँ खर्च गरेर बनाइएको ‘गौमुखी क्षेत्र पर्यटन पद मार्ग’ ओझेलमा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र समेटेर पदमार्ग निर्माण गरिएको हो। लिवाङको दहिहाल्ना, लालीगुराँस रङ्गशाला, पुँजाको बाग्लिवाङ, तामाखानी, रजवाराको झाँक्रीढुङ्गा, तिखाचुली पहाड, नाङ्गी लेक, अर्खाको बाइसमूल झरना, गौमुखी मन्दिर, तामाङ गाउँ हुँदै खुङ, नारीकोटसम्म पद मार्ग निर्माण गरिएको तत्कालीन उपभोक्ता समितिका अध्यक्ष एवं गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।
खाद्यले सहकारीमार्फत चामल बिक्री गर्ने
रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ । सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।
गुल्मी मदानेको विद्यालयमा तोडफोड
गुल्मीको एक विद्यालयमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन्। शुक्रबार राति जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्गस्थित ओख्लेदह आधारभूत विद्यालयमा तोडफोड भएको हो।
स्वदेशी कुखुराको बिक्री बढ्यो
सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ ।