भारतमा सङ्क्रमण बढ्न थालेपछि नाकामा कडाइ
केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।
नमुना ढल प्रशोधन केन्द्र निर्माण
बुटवल समाचारदाताबुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।
जसपा र माओवादीमा असन्तुष्टि
नेपालगञ्ज समाचारदातानेपालगञ्ज, वैशाख ९ गते । सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् । केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र माओवादीले कडा आपत्ति प्रकट गर्दै सच्चाउन चेतावनी दिएका छन् । जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय गरेर केन्द्रमा पठाए पनि बेवास्ता गरेर उपमेयरमा सहमति गरिएको जनाउँदै त्यसलाई नमान्ने घोषणा गरेर सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ । जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले आफूहरूले केन्द्रको गलत निर्णय कुनै पनि हालतमा नमान्ने जनाउँदै सो सहमति नसच्याए विद्रोह गर्ने चेतावनी दिनुभयो । उहाँले पार्टीले नमाने अर्को चुनाव चिह्नबाट पनि निर्वाचनमा जाने तयारी भइरहेको बताउनुभयो । उक्त निर्णय नसच्याए पार्टीका सबै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिने पनि जसपा बाँकेले जनाएको छ । सोही प्रकारले उक्त सहमतिको नेकपा माओवादी केन्द्र नेपालगञ्जले पनि कडा विरोध गरेको छ । माओवादीको नेपालगञ्ज नगरकमिटीले बैठक गरेर माओवादीलाई बाइपास गरेर कुनै पनि स्थान नदिई अपमान गरिएको ठहर गरेर सहमति सच्चाउन माग गरेको छ । नेपालगञ्जमा माओवादीको पकड राम्रो रहेको निष्कर्ष निकाल्दै बैठकले सो सहमति हटाएर बरु गठबन्धनभित्रका सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने ठहर गरिएको माओवादी केन्द्र नेपालगञ्जका अध्यक्ष रतन शाहीले बताउनुभयो । उहाँले सहमति फेरबदल नगर्ने हो भने माओवादीले वैकल्पिक गठबन्धन गर्न सक्ने चेतावनी दिनुभयो । केन्द्रले गरेको नेपालगञ्ज उपमहानगरको सहमतिप्रति जसपा र माओवादी केन्द्रले असहमति जनाइसकेपछि यहाँ सो गठबन्धन नहुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा गत निर्वाचनमा राप्रपाले जितेकोले गठबन्धनभित्रका सबै दललाई मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने अधिकांशको माग छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
भैरहवा, वैशाख ८ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई महिनाअघि मात्रै सकिएको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो ७४ वर्षको नागरिक उड्डयनको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा भएको पनि उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । विमानस्थलमा नयाँ धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अब नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिनुभयो । भैरहवामा सन १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थल सञ्चालनमा आएको थियो । भैरहवामा आन्तरिक विमानस्थल सञ्चालनमा आएको ६४ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलले जनाएको छ ।गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको अधिकारीहरु बताउँछन् ।यतीको पहिलो उडानगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि विधिवरुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट बिहीबार पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको भनाइ छ ।कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।
जबरजस्ती करणी गरी फरार रहेका आरोपी पक्राउ
तिलाचन पाण्डेतम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए । नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मधेसी र मुस्लिम छात्राका लागि महिला कलेज
बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ ।
सुख्खा पहिरोमा परेर बेपत्ता भएका पुरुष मृत फेला
पाल्पामा सुख्खा पहिरोमा परेर बेपत्ता भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको कुलो खन्ने क्रममा सुख्खा पहिरो जाँदा एक पुरुष बेपत्ता भएका थिए ।
सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला
पाल्पा, वैशाख ७ गते । पाल्पा जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाइ आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिँचाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासि सुख्खा पहिरोले पुरिएर बेपत्ता हुनुभएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिनुभएको हो । कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो । हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले जानकारी दिनुभयो ।
गर्मीले जनजीवन प्रभावित
केही दिनयता नेपालगञ्ज र आसपासको क्षेत्रमा तापक्रम बढेर ४०÷४२ डिग्री सेल्सियस पुग्नुका साथै तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरू घट्दै गएका छन् । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिस बाहिर निस्किने गरेका छन् । अत्यधिक गर्मी र तातो हावाका कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताउनुुभयो ।
गुल्मीबाट एसईईमा चार हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा (एसईई)मा चार हजार ८२३ जना विद्यार्थी सहभागी हुने भएका छन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।
रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा
गुल्मी समाचारदाता गुल्मी, वैशाख ६ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको सम्पूर्ण काम पूूरा भएको उक्त आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो ।“अहिले हामी विमानस्थलका सबै कामको अन्तिम चरणमा पुगेका छौँ । अबको केही दिनमा काम सकेर वैशाखभित्र परीक्षण उडान हुन्छ,” उहाँले भन्नुुभयो । वैशाख अन्तिमसम्ममा भए पनि परीक्षण उडान हुने उहाँले बताउनुुभयो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका काम फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण गरेको हो । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार ६१० रुपियाँको लागतमा निर्माण भएको हो । त्यस्तै अर्को महŒवपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने कामसमेत सकिएको छ । धावन मार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले धावन मार्ग कालोपत्रे गरेको हो । कालोपत्रे सात करोड २५ लाख रुपियाँको लागतमा भएको हो । कोरोना, निर्माण सामग्री र निर्माण व्यवसायी आफैँको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ, फिलिङ, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावन मार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।
रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा
रमेश विश्वकर्मा गुल्मी, बैशाख ५ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो । २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको इन्जिनियर परियारले बताउनुभयो । “यही बैशाखभित्र परीक्षण उडान हुनेगरी काम भइरहेको उहाँले बताउनुभयो । अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं उहाँले भन्नुभयो । अबको केही दिनमा निर्माणको सबै काम सकेर बैशाखभित्र परीक्षण उडान गर्ने उहाँको भनाई छ । वैशाख अन्तिमसम्म भएपनि परीक्षण उडान हुने उहाँले दाबी गर्नुभयो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरु फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको बताइएको छ । कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायी आफैको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ । एकसय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।
सीआईबीबाट छानबिनकाे माग, पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्त्येष्टि गरिने
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ५ गते । रुपन्देहीको तिलोत्तमा २ की २८ वर्षीया एक महिलाको शङ्कास्पद ज्यान गएपछि शुरु भएको आन्दोलन अझै रोकिएको छैन । अमृता खत्री टण्डनको रहस्यमय रुपमा मृत्यु भएको पाँच दिन बितिसके पनि घटनाको विवाद झन् चर्किरहेको छ । उहाँको चैत्र ३० गते राति मृत्यु भएको हो । अहिले दैनिक माइती पक्षले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।पछि माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन् ।आइतबार माइती पक्षले तिलोत्तमा २ जानकीनगरमा पत्रकार सम्मेलन गर्दै विष सेवन नभई हत्या नै भएको दाबी गर्दै अनुसन्धान फितलो नबनाउन खोजिएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । ज्यान कसुरमा मुद्दा दर्ता गर्न जाँदा आलटाल गरेको मृतकका दाजु पुष्पक खत्रीको आरोप छ । ‘राति ९ः३२ सम्म मसँगै कुरा भएको छ, ९ः५० मा लुम्बिनी अस्पतालले मृत भनेको छ । ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ,’ पुष्पकले भन्नुभयो, ‘सरसर्ती हेर्दा पनि बहिनीको हत्या भएकै देखिन्छ ।’उहाँले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना राखेको बताउनुभयो । विष सेवन गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा उपचारका क्रममा मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद देखिएपछि पीडितले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । अमृताका दाजु खत्रीले दिएको जाहेरीपछि वैशाख १ गते प्रहरीले अमृताका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ । शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो । यतिबेला आन्दोलनभन्दा पनि आफूहरुलाई अनुसन्धानमा सघाउन उहाँले पीडित पक्षसँग आग्रह गर्नुभएको छ ।
पाालिकामा दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या, क्षति बढ्दै
सिराज खान नेपालगञ्ज, वैशाख ४ गते । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा गर्मीयाममा वर्सेनी आगलागी हुने गरेको छ । ती दुवै पालिका नेपालगञ्ज र कोहलपुरबाट समेत निकै टाढा रहेकोले यहाँबाट दमकल गएर आगो निभाउँदा निभाउँदै गाउँ नै सखाप भैसकेको हुन्छ । जनताको दवाब र मागका कारण नरैनापुर गाउँपालिकाले भने पालिकामै दमकल किनेर राखेको छ । पालिकामा दमकल राखेपछि आगो नियन्त्रणमा निकै सहज भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो–‘‘यसअघि दमकल नहुँदा नेपालगञ्ज र कोहलपुरबाट आउने दमकलको मुख ताकेर बस्दा बस्तीका बस्ती सखाप भैसकेका हुन्थे । तर अहिले सहज भएको छ । ’’नरैनापुर जस्तै राप्तीसोनारीका पनि धेरै गाउँ बस्तीमा गर्मी र हावाहुरीको मौसममा आगलागी हुने गरेको छ । तर, सो पालिकाले एक कार्यकाल पूरा गरे पनि दमकल भने खरिद गर्न सकेन । जस्का कारणले आगलागीबाट हुने क्षति रोक्न समस्या भएको स्थानीयले बताएका छन् । पालिकाले अन्य धेरै योजनामा रकम खर्च गरे पनि आवश्यक पर्ने एउटा दमकल खरिद गर्न नसक्दा आगलागी नियन्त्रणमा समस्या भएको फत्तेपुरका जनक थारुले गुनासो गर्नुभयो । उहाँले पालिकाभित्र कतै पनि आगलागी हुँदा कोहलपुर र नेपालगञ्जबाट दमकल पर्खिनुपर्ने बाध्यताले आँखै अगाडि सबै जलेर खरानी हुने गरेको बताउनुभयो । सोही प्रकारको घटना गएको शुक्रबार पनि सो पालिकामा भयो । राप्तीसोनारी गाउँपालिका २ टिकलीपुर गाउँमा शुक्रवार अपरान्ह आगलागी हुँदा ११ घर र ४ गोठ जलेर खरानी भए । नेपालगञ्ज र कोहलपुरबाट दमकल पुग्दासम्म नयाँ बस्ती खरानीमा परिणत भैसकेको थियो । स्थानीय सीताराम जैसीको घरबाट सुरु भएको आगोले ११ घर र ४ गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले हावाहुरीको मौसम भएकोले आगो सल्किएको बताउनुभयो । उहाँले गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा समस्या आएको बताउनुभयो । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार राप्तीसोनारीमा दमकल नहुँदा आगलागी नियन्त्रणका लागि कोहलपुर र नेपालगञ्जबाट दमकल झिकाइएको थियो । दमकलहरु घटनास्थल पुग्दासम्म ११ घर र ४ वटा घर आगोले खरानी भैसकेको केसीले बताउनुभयो । आगलागी पीडितलाई घर बनाउन प्रति परिवार डेढ लाख रुपियाँका दरले राप्तीसोनारी गाउँपालिकाले राहात उपलब्ध गराएको छ । त्यसका साथसाथै पालिकाले पीडितको बसोबासको व्यवस्था मिलाउनुका साथै खाद्य र गैरखाद्य सामग्री पनि वितरण गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।
दुई हजार एकसय किसान सम्मानित
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ४ गते । आधुनिक उपकरण प्रयोग गरेर कृषि कार्य गर्दैआइरहेका दुई हजार एक सय जना किसान सम्मानित भएका छन् । किसान मिलाप २०२२ नामक कार्यक्रम गरेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २ हजार १ सयभन्दा बढी किसान रुपन्देहीमा सम्मानित भएका हुन् ।शक्तिमान ब्रान्डका आधुनिक कृषिजन्य विभिन्न उपकरण टैक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलरलगायतका उपकरण प्रयोग गर्दै आइरहेका किसानलाई सम्मान गरिएको शक्तिमान ब्राण्डका उदयकुमार सिंहले जानकारी दिनुभयो । “किसानलाई हामीले प्रोत्साहन गर्न र ब्यावसायिक सफलताका लागि सम्मान गरेर हौसला दिन खोजेका हौं, पछिल्लो समय किसानलाई प्रविधिमैत्री बनाउन जरुरी छ” उहाँले भन्नुभयो । नेपालका लागि शक्तिमानको आधिकारिक विक्रेता मनमित ट्रेडिङ्ग ओमसतिया गाउँपालिका २ पडसरीले किसान मिलाप २०२२ गर्दै नयाँं उपकरण बारेमा प्रदर्शन गरेको हो । कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन मद्दत गरेको सहभागी किसानको भनाइ छ । किसानलाई बढ्दो प्रविधिको प्रयोगसँगै भित्रिएका नयाँ उपकरणकोबारेमा अभिमुखीकरण प्रदान गरिएको छ । किसानले पाउने सरकारी अनुदानलगायतको विषयमा किसानलाई जानकारी गराइएको छ । उपकरण १ लाख ५० हजार देखि ११ लाख रुपियाँसम्मका छन् । शक्तिमानले नेपालमा ७२ प्रतिशतभन्दा बढी मार्केट लिएको कम्पनीको दाबी छ ।एक वर्षको अवधिमा करिब ८ सयभन्दा बढी उपकरण विक्री भएको र घरघरमै पुगेर बिग्रिएका उपकरणलाई मर्मत गरिदिने व्यवस्था मिलाइएको छ ।
पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह
लक्ष्मण पौडेल भैरहवा, बैशाख ३ गते । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो ।लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु दैनिकजसो बढिरहेका छन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दा लुम्बिनीको आर्थिक चलायमान सुरु भएको व्यवसायीहरु बताउँछन् । पर्यटक आवागमन बढेपछि पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना महामारीले लुम्बिनीको पर्यटन व्यवसाय ठप्प थियो । पछिल्ला साताहरुमा स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीका होटलहरु भरिन थालेको स्थानीयको भनाई छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी रहेपनि स्वदेशी तथा भारतीय पर्यटकको संख्याको ग्राफ बढ्दो अवस्थामा छ ।कोरोना संक्रमणका कारण लुम्बिनी दर्शन गर्न नपाएका पर्यटकहरु अहिले दिनहुँ लामबद्ध भएर आउन थालेका छन् । लुम्बिनी विकास कोषको सूचना शाखाबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को सुरुवाती तीन महिना जनवरी, फेबु्रअरी र मार्चमा एक लाख ८३ हजार १२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये स्वदेशी र भारतीय पर्यटक संख्या बढी छ ।तीन महिनामा सबैभन्दा बढी एक लाख ४७ हजार ४७३ जना स्वदेशी र ३४ हजार तीन सय ५४ जना भारतीय पर्यटकको लुम्बिनीमा आगमन भएको लुम्बिनी विकास कोषको सूचना शाखा पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमले जानकारी दिनुभयो ।उहाँकाअनुसार लुम्बिनीमा जनवरीमा ४१ हजार ८३३ जना स्वदेशी पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ४२ हजार २१३ र मार्चमा ह्वात्तै बढेर आगमन संख्या ६३ हजार ४२७ पुगेको छ । त्यस्तै जनवरीमा भारतीय पर्यटक सात हजार ७७५ जना आए भने फेब्रुअरीमा सात हजार ७४५ जना र मार्चमा संख्या बढेर १८ हजार ८३४ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।स्वदेशी र भारतीय पर्यटको संख्या बढ्दो अवस्थामा रहेपनि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना संक्रमणका बेलाभन्दा तेस्रो मुलुकका पर्यटकको आगमन संख्यामा केही सुुधारोन्मुख देखिएको लुम्बिनी विकास कोषको सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो । “पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”–उहाँले भन्नुभयो–“तर, कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको छ ।”लुम्बिनीमा जर्मनी, फ्रान्स, चीन, अमेरिका, श्रीलंका, स्पेन, भियतनाम लगायत मुलुकबाट पर्यटकहरुको आगमन भइरहेको छ । यी मुलुकबाहेक युद्धमा फसेको युक्रेनबाट समेत सात जना लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै रसियाबाट ५७ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । पछिल्लो तीन महिनामा तेस्रो मुलुकबाट एक हजार १८५ जना पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा तेस्रो मुलुकबाट जनवरीमा २५३ जना पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ३०६ जना र मार्चमा संख्या बढेर ६२६ पुगेको बताइएको छ ।पर्यटकको आगमनको अफ सिजन पनि भएकोले तेस्रो मुलुकबाट पर्यटकको संख्या ह्वात्तै बढ्न नसकेको सूचना अधिकृत बस्नेतको भनाई छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष (सन् २०२२) को अन्तिमतिर सुरु हुने देखिएकाले त्यसपछि लुम्बिनीमा पर्यटकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।लुुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भएको बताउनुभयो । तर बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले व्यवसायीले फाइदा लिन नसकेको उहाँको बुझाई छ ।
ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु
सिराज खान नेपालगञ्ज, बैशाख ३ गते । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिँदा शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाईते भएका छन् ।कोहलपुर– २ स्थित भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको थियो । ओभरटेक गर्नेक्रममा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका –४ का ४० वर्षीय रेशम डाँगीको मृत्युभएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा कुरा मिल्नेसँग तालमेल : अध्यक्ष नेपाल
नारद कोहारतौलिहवा, बैशाख ३ गते । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुरा मिल्ने दलहरुसँग तालमेल गर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चार नम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले सो कुरा बताउनुभयो ।निजि हितको लागि होइन् समाज परिवर्तनका लागि हिम्मतकासाथ अघि बढ्ेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आफ्नो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभयो । प्रतिगमनकाविरुद्ध रहेका पाँच दल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टी स्थापना भएको सात महिना मात्र भएपनि एक्ला एक्लै लड्न परेपनि पछि नपर्ने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पुर्ण तयारीकासाथ अघि बढ्न नेता नेपालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो नयाँ बर्षका साथमा नयाँ सम्भवना पनि छन्, नयाँ चुनौतिहरु रहेपनि सबैले समना गरेर अघि बढ्नु पर्छ ।
माओवादीले चुनाव हार्दा मुुलुुक हार्छ : अध्यक्ष प्रचण्ड
होमराज रानाभाटदेवचुुली वैशाख ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले जिम्मेवारी दिएमा मुुलुुकको हितमा आफनो कर्तव्य पूरा गरेर छाडने बताउनुुभएको छ । निर्वाचनमा माओवादी पार्टी हार्दा मुलुक हार्ने उहाँले दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी जनताका लागि लडेको बताउँदै सबैको अग्रगामी परिवर्तनका लागि पार्टी लडेको चर्चा गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नवलपुुरले शनिबार दलदलेमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुुरा बताउनुुभयो । अहिले पनि केही शक्ति संविधान उल्टाउन लागि परेकाले संविधानको रक्षाका लागि गाउँगाउँ गएर यसको महत्व बुुझाउन कार्यकर्तालाई आग्रह गर्नुुभयो ।'यो चुुनाव हाम्रा लागि लडाइँ हो, हामी जित्दा देशले जित्छ, हार्दा देशले हार्छ', उहाँले भन्नुभयो,'बिगतमा हामीले गरेका गल्तीलाई स्वीकारेर जनताका बीचमा आएका छौं, यो निर्वाचनमा माओवादीले हार्यो भने गणतन्त्र हार्छ । गणतन्त्र हार्दा महिला, जनजाती अपाङ्गता भएका सबै वर्ग हार्छन् ।' माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, 'विगतमा हामीले धेरै मिहेनत र त्याग गरेर संबिधान ल्यायाौं, देशलाई संघीय लोकतान्त्रिक निर्बाचनतर्फ लैजाने काम माओवादीले गरेको हो ।'पार्टी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका जिल्लाभरिका अगुुवा कार्यकर्ताको सहभागिता थियो ।
राजसंस्था पुनर्स्थापनाको सम्भावना अब छैन : थापा
कपिल ज्ञवाली,सिद्धार्थनगर, बैसाख ३ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना बन्द भएको बताउनुभएको छ । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकाले अब राजसंस्था पुनःस्थापना नहुने उहाँको भनाइ छ ।बुटवलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनःस्र्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकाले नयाँँ पार्टी स्थापना भएको बताउनुभयो । उहाँले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको दाबी गर्नुभयो । आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, अहिले राप्रपाले धनी बाउले कमाइदिएकोमा रजगज गरेको हो। हामीले कमाइदिएको पूँजीमा अहिलेका साथीहरु रमाउनु भयो। राप्रपा पछि गएर राप्रपा नेपालमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने दाबी गर्नुभयो ।थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउनुभयो । आधा दर्जन बढी भातृसंगठन निर्माण गरेको उहाँले बताउनुभयो । राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा लिएर अगाडि बढेको उहाँको भनाइ छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताउनुभयो। उहाँले भन्नुभयो,ू केपी ओली नेतृत्वको एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय भएको हो । थापाले यो पटक एमालेको सूर्य चिन्हबाट निर्वाचन लड्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभुयो, हाम्रो चुनाब चिन्हको बारेमा बुझाउन समय लाग्ने भएकाले सूर्य चुनाव चिन्हबाट निर्वाचन लड्नेछौं ।
पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु
रेखीराम रानापाल्पा, बैशाख २ गते । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाईते भएका छन् । उहाँहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।
बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिने
सिराज खान नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाकारण बाँकेमा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।६५ किलोमिटर खुला सीमाना भएको यो जिल्लाको निर्वाचन सुरक्षालाई विशेष महत्वका साथ हेरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकाअनुसार, मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्थाबारे अध्ययन गरेर सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो । स्थलगत अनुगमनपछि जिल्लाभर करिब चार हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले अति नै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइने जानकारी उहाँले दिनुभयो ।बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले १ हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोहीअनुसार सम्बन्धित ठाउँमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । बाँकेमा १०१ मतदान केन्द्र अति संवेदनशील ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी पनि खटाइने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षाबारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुझाव माग गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्रयाक खुलेको पन्ध्र वर्षपछि : बेनी–तातोपानी सडक कालोपत्रे
ठाकुरप्रसाद आचार्य बेनी (म्याग्दी), वैशाख २ गते । म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक कालोपत्रे गर्न थालिएको छ । सडक ट्र्याक खुलेको डेढ दशकपछि पहिलो चरणमा बेनीदेखि तातोपानीसम्म नौ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । सडकमार्ग खुलेको १५ वर्षपछि जिल्लाको रणनीतिक महŒवको बेनी–दरबाङ सडकको बेनीबाट–तातोपानी खण्ड कालोपत्रे गर्न थालिएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना चार वर्षअघि सुरु गरिएको थियो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको हो । जिल्लाका सरोकारवाला निकायहरूको खबरदारीका कारण पछिल्ला केही महिनायता निर्माण व्यवसायी सडक बनाउन जुटेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राखेर अलकत्रा राख्न थालिएको बताउनुभयो । बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक वैशाख १५ भित्र कालोपत्रे गरिसक्ने योजनाका साथ धमाधम काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार आठ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो । ठेकेदार लामा–समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले वैशाख १५ भित्र कालोपत्रे गरिसक्न मजदुर र उपकरण परिचालन गरेर दैनिक १४ घण्टासम्म काम गरेको बताउनुभयो । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक एक सय मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ । २०७४ साल असोज ४ गते ४५ करोड रुपियाँ ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण गरिसक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ सालमा मार्ग खुलेको बेनी–दरबाङ सडक वर्षामा बाढी र पहिरोले दैनिक अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर सडकखण्ड कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपियाँमा २०७६ साल जेठमा बिरुवा–क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म उक्त खण्डमा ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम थालिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।
ट्रकसँग बंगुर फर्म साटेका मस्तबहादुरको मस्त कमाई
गोकर्ण पौडेलतुलसिपुर, वैशाख १ गते । लाखौ रुपियाँ पर्ने ट्रकसँग बंगुर फर्म साट्दा अचम्मजस्तो लाग्छ मस्तबहादुरलाई । तुलसीपुर उपमहानगरपालिका १९ का घर्तीमगरले ट्रकसँग बंगुर फर्म साटेर सन्तुष्ट हुनुभएको छ । पछिल्लो समय दिनहुँ बढिरहने पेट्रोलियम पदार्थको मूल््यबृद्धि मासिकरुपमा बैंकमा बुझाउनु पर्ने किस्ता र ब्याजले हैरानी बेहोरिरहेका मस्तबहादुरले चलाइरहेको ट्रकसँग बंगुर फर्म साटेपछि भने अहिले राम्रो कमाई गर्नुभएको छ । मेहनतअनुसारको कमाई हुँदा उहाँ सन्तुष्ट रहेको बताउनुहुन्छ । तुलसिपुर उपमहानगरपालिका १९ पीपलडाँडामा रहेको उहाँको न्यू लालीगुँरास बंगुर फर्ममा अहिले माउ, सुंगुरको भाले र पाठापाठी गरी ८० भन्दा बढी बंगुर रहेका छन् ।मस्तबहादुरले भन्नुभयो, “आफूसँग ट्रक चलाउने सीप थिएन, सवारीसाधन भएर के गर्ने ? जे सीप, क्षमता छ त्यही गरौं भनेर ट्रकसँग बंगुर फर्म साटेको हुँ ।” ट्रकसँग साट्दा उहाँसँग त्योबेला फर्ममा १४ माउ, विर, पाठापाठी थिए । अहिले ६५ वटाभन्दा बढी पाठापाठी छन् । पाँच वर्ष पहिले डेढ लाख रुपियाँको लगानीबाट शुरु गरिएको फर्ममा अहिले सातलाख बढी लगानी भएको उहाँले बताउनुभयो । मलेसिया चार वर्ष र साउदीमा तीन वर्ष रोजगारीको सिलसिलामा समय बिताउनुभएका मस्तलाई अहिले यहीको काम र श्रमको मूल्य प्यारो लाग्न थालेको छ । उहाँले भन्नुभयो, “त्यहाँ अर्काको देश बिरामी पर्दा पनि काम गर्नैपथ्र्यो, मासिक ७० हजार रुपियाँभन्दा यहाँको पचास हजार रुपियाँको आम्दानी मलाई लाख रुपियाँ कमाएजस्तै भएको छ ।” यो व्यवसायमा घरपरिवार सबैको सहयोग मिलेको उहाँले बताउनुभयो । सबै मिलेर जहान परिवारसँग काम गर्न पाइएकाले खुशी र सन्तुष्ट छुँ घर्तीमगरले भन्नुभयो । अहिले आफ्नै गाउँघरमा व्यवसाय गरेर सबै कटाएर वार्षिक ६ लाखसम्म आम्दानी भइरहेको घर्तीमगरले बताउनुभयो । एउटा पोथीले वर्षमा १६ वटासम्म बच्चा जन्माउनेगरेको र एक पाठापाठीको मूल्य ४५ सयदेखि पाँच हजार रुपियाँमा बिक्री गर्दैआएको उहाँले बताउनुभयो । मासुभन्दा पाठापाठी बेचेरै बढी आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । घरमै दाना पिसाउनका लागि मिल राखेको उहाँले बताउनुभयो । “बजारबाट किन्दा महङ्गो पर्ने भएकाले घरमै व्यवस्थापन गरेको छुँ” उहाँले भन्नुभयो । राज्यबाट खोर सुधारका लागि सहयोग हुँदैआएको उहाँको भनाई छ । खोर सुधार कार्यक्रमअन्तर्गत गत वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र घोराहीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । ट्रकसँग बंगुर फर्म साट्दा शुरुमा केही मानिसले गिज्याउने गरेको भएपनि आफूले राम्रो गरेको अहिले आभास भएको घर्ती मगरले बताउनुभयो ।