• १५ वैशाख २०८१, शनिबार

जबरजस्ती करणी गरी फरार रहेका आरोपी पक्राउ

blog

तिलाचन पाण्डे

तम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले  वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए । 

नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त  सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।