म्यानमार, माघ २० गते । म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रबार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् ।
राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र त्यसलाई कार्यान्वयन गर्न शान्ति र स्थिरताको आवश्यकताका कारण यो अवधि थप गरिएको हो ।
बैठकले निर्वाचन तयारी, कृषि तथा पशुजन्य उत्पादनको उत्पादन वृद्धि, राष्ट्रिय विकासका लागि शिक्षा क्षेत्रलाई बढाउने प्रयास र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको थियो । यसका साथै बैठकले विपद् पछिको पुनर्स्थापना कार्यहरू र सशस्त्र द्वन्द्व अन्त्य गर्ने र दिगो शान्ति प्राप्त गर्ने प्रयासहरूसँग सम्बन्धित विषयमा पनि छलफल गरेको रिपोर्टमा उल्लेख छ ।
म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षका लागि आपत्काल घोषणा गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल