• १२ साउन २०८१, शनिबार

ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु

blog

सिराज खान 

नेपालगञ्ज, बैशाख ३ गते । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिँदा शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाईते भएका छन् ।

कोहलपुर– २ स्थित भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको थियो । ओभरटेक गर्नेक्रममा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका –४ का ४० वर्षीय रेशम डाँगीको मृत्युभएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते हुनुभएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।