• १२ साउन २०८१, शनिबार

स्थानीय तह निर्वाचनमा कुरा मिल्नेसँग तालमेल : अध्यक्ष नेपाल

blog

नारद कोहार

तौलिहवा, बैशाख ३ गते । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुरा मिल्ने दलहरुसँग तालमेल गर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चार नम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले सो कुरा बताउनुभयो ।

निजि हितको लागि होइन् समाज परिवर्तनका लागि हिम्मतकासाथ अघि बढ्ेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आफ्नो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभयो । प्रतिगमनकाविरुद्ध रहेका पाँच दल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टी स्थापना भएको सात महिना मात्र भएपनि एक्ला एक्लै लड्न परेपनि पछि नपर्ने उहाँले बताउनुभयो ।  

स्थानीय तहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पुर्ण तयारीकासाथ अघि बढ्न नेता नेपालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो नयाँ बर्षका साथमा नयाँ सम्भवना पनि छन्, नयाँ चुनौतिहरु रहेपनि सबैले समना गरेर अघि बढ्नु पर्छ ।