बन्यो प्रदेश प्रहरी सेवा कानुन
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको संविधानको धारा २६८ को उपधारा २ बमोजिम संविधानको अनुसूची ६ मा उल्लेख गरिएको प्रदेशको अधिकारअन्तर्गत क्रम सङ्ख्या १ मा व्यवस्था भएबमोजिम प्रदेशमा प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले प्रदेश प्रहरी कानुन बनाएको हो।
गाउँमा गुन्द्री बुन्ने चटारो
गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सविना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनुहन्छ। १७ वर्षीय सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ। उहाँ स्कुल बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाँउनुहुन्छ। सविनाले गुन्द्री बुन्न पनि आमाबाटै सिकेको हो। “निरन्तर बुन्दै गए दुई/तीन घण्टामै चटेकी बुनेर सिध्याउन सकिन्छ,” उहाँले भन्नुभयो, “घरमा प्रयोगका लागि चाहिने गुन्द्री घरमै बुन्दै आएका छौँ।”
किवी खेतीबाट मनग्गे आम्दानी
परम्परागत खेती छाडेर किवी खेतीमा लागेका किसानले पाँच गुणासम्म फाइदा लिएका छन् । परम्परागत रूपमा मकै, गहुँ, कोदो र तोरी खेती गर्दै आएका किसानले किवी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।
एघार करोडको लागतमा सिँचाइ योजना निर्माण
कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।
पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने
रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
अत्याधुनिक शौचालय प्रयोगविहीन
नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा ३०४ मत खस्यो : एक मत खस्न बाँकी
राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान हुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान गर्नुभएकाे छ ।
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा
लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”
रामकथा प्रवचन सुरु
भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बृहत् राम कथा प्रवचन सुरु भएको छ। भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गर्नुभएको हो। फागुन ३ सम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजनको सहभागिता छ। यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित देखिएका छन्।
आफ्नै पालिका पुग्न भारतको बाटो
बाँकेको सबैभन्दा पिछडिएको र दुर्गम मानिएको नरैनापुर गाउँपालिका पुग्न वडा नम्बर २ रोशनपुर्वाका बासिन्दालाई अहिले पनि भारतीय भूमि तथा बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। यस पालिकाको वडा नम्बर २ का बासिन्दालाई आफ्नै पालिकामा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। केही वर्षअघिसम्म नेपालगञ्जबाट सो गाउँपालिका पुग्न पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो तर सडक र पुल बनेपछि केही स्थानीयलाई राहत मिलेको छ।
प्रेम दिवसमा रानीमहलको ब्रान्डिङ हुने
तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ ।
‘निजी क्षेत्रको योगदान महत्त्वपूर्ण’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । अर्थतन्त्र विकासको मुख्य आधारमध्ये पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रले महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ थियो । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको २५औँ वार्षिकोत्सव समारोहमा उहाँले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटनलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
नेपालगञ्जमा भलिबल आयोजना हुँदै
नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ
लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
पशुको भिडियो एक्स–रे सेवा सुरु
गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो । केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।
दुई सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण
लाइन्स क्लब अफ बुटवलले मङ्गलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा दुई सय ५० जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको छ । मधुमेह र प्रेसरका विरामीहरुको चेकजाँच पछि आवश्यक निशुल्क औषधि वितरण पनि गरिएको छ ।
हात्तीपाइलेको जोखिम कायमै
दाङमा अझै पनि हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको छ। विगत १२ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सञ्चालन हुँदै आए पनि जिल्ला हात्तीपाइले रोगको जोखिमबाट मुक्त हुन सकेको छैन। नागरिकको लापरबाही र औषधि सेवनका बारेमा गलत सूचना प्रवाहका कारण यो रोग निवारणमा चुनौती देखिएको स्वास्थ्यकर्मी बताउछन्। गत वर्षको सर्वेक्षणअनुसार ४२९ जनामा हात्तीपाइले र एक हजार ६१४ जनामा हाइड्रोसिल गरी कुल दुई हजार ४४ जनामा हात्तीपाइले रोगको समस्या देखिएको छ। सन् २०११ मा पहिलो पटक गरिएको परीक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि पहल गरिएको थियो तर पछिल्ला वर्षमा रोग नियन्त्रणको दर घट्दै जाँदा समस्या थपिएको भनाइ स्वास्थ्यकर्मीको छ। पछिल्लो तीन वर्षको अवस्था विश्लेषण गर्दा रोग नियन्त्रणमा ल्याउन चुनौती देखिएको छ। सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको सङ्क्रमण दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ। हात्तीपाइले रोगको सङ्क्रमण दर २ प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि अहिले जिल्लामा बढी रहेको स्वास्थ्य कार्यालय दाङका निमि
जीर्ण पुलको मर्मत थालियो
देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ। लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो। पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन। २०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भएर निर्माणको काम सुरु भई २०५९ मा निर्माण कार्य सकिएको थियो। फलामे पुलमा खिया लागेको थियो।
पन्ध्र वर्षदेखि गौरा भन्सार कार्यालय बन्द
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । तत्कालीन माओवादी द्वन्द्वका बेला यो भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि यो भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
व्यावसायिक किवी खेतीमा आकर्षण
गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।
उपमहानगर सम्मेलन सम्पन्न, बुटवल घोषणापत्र जारी
उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ ।
अख्तियारमा यशोधरा पालिकाको उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहमध्ये धेरै उजुरी पर्ने स्थानीय तह यशोधरा गाउँपालिका रहेको छ। सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका छन् । गत आर्थिक वर्ष र यो आर्थिक वर्षको उजुरीका आधारमा यशोधरा गाउँपालिकाको १२ उजुरी र शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाको एक/एकवटा मात्र उजुरी परेको आयोगको कार्यालय बुटवले जनाएको छ। शुद्धोधनमा आयोजित भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँगको अन्तत्र्रिmया कार्यक्रममा आयोगले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।