• ११ मंसिर २०८१, मङ्गलबार

दुई सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण

blog

पविता पौडेल 

सैनामैना, माघ २४ गते । लाइन्स क्लब अफ बुटवलले मङ्गलबार  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा दुई सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको छ । मधुमेह र प्रेसरका बिरामीहरुको चेकजाँचपछि आवश्यक  औषधि निःशुल्क वितरण गरिएको छ । 

विगत ३ महिनादेखि देवदह नगरपालिका, तिलाेत्तमा नगरपालिका र बुटवलमा यस्ता शिविरहरु सञ्चालन गर्दै आएको संयोजक शान्ता शर्माले जानकारी दिनुभयो ।