• ८ पुस २०८२, मङ्गलबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ १५ पैसा र बिक्रीदर १४३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ९८ पैसा र बिक्रीदर १६८ रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपियाँ ३१ पैसा र बिक्रीदर १९३ रुपियाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ४६ पैसा र बिक्रीदर १८१ रुपियाँ २२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ०७ पैसा र बिक्रीदर ९५ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ९६ पैसा र बिक्रीदर १०४ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ९५ पैसा र बिक्रीदर १११ रुपियाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३४ पैसा र बिक्रीदर २० रुपियाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १७ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २७ पैसा र बिक्रीदर ३९ रुपियाँ ४४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९८ पैसा र बिक्रीदर ३९ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ १० पैसा र बिक्रीदर ३५ रुपियाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४७ पैसा र बिक्रीदर १५ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४९ पैसा र बिक्रीदर २२ रुपियाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४० पैसा र बिक्रीदर १८ रुपियाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ५४ पैसा र बिक्रीदर ४६७ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपियाँ ६८ पैसा र बिक्रीदर ३८१ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपियाँ ३७ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस