ओझेलमा कपिलवस्तु सङ्ग्रहालय
विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषणका क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिए पनि यो सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र पूर्वधार अभावका कारण ओझेलमा पर्दै गएको छ। सङ्ग्रहालयबारे स्वदेश तथा विदेशबाट भ्रमण गर्न आउने पर्यटकलाई जानकारी नहुँदा सङ्ग्रहालय ओझेलमा पर्दै आएको भनाइ सम्बद्ध अधिकारीको छ।
कोदोको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै
कोदो बालीको पछिल्लो समय भएको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र गुल्मीले रैथाने बाली संरक्षणका लागि अभियान नै चलाएसँगै यसको उपयोगितामा थप वृद्धि हुन थालेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
पढाइसँगै गुन्द्री बुन्न व्यस्त सबिना
गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सबिना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनहुन्छ । १७ वर्षीया सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाउनुहुन्छ ।
शिवराज खेल महोत्सव आजदेखि सुरु
कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सञ्चालनमा आएको छ । बुधवारदेखि सुरु भएको खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता सञ्चालन हुनेछ ।
चार हजार ६३३ परिवारलाई गरिब परिचयपत्र दिइँदै
पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको स्थानीय तहहरूले जनाएका छन् ।
सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्दै
बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
विकलाई थप उपचारका लागि काठमाडौं पठाइयो
बाँकेको कोहपलुरमा श्रीमानले पेट्रोल खन्याएर आगो लगाएर जलाइएकी गङ्गा विकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
पर्यटन प्रवर्धन गर्न तानसेनमा खाना महाेत्सव आयोजना हुने
पाल्पाको पर्यटकीय नगरी तानसेनमा खाना महाेत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ ।
गाई मार्ने तीन जना पक्राउ
कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपूबस्तीमा गोरु मार्नेक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।
खानेपानी आयोजनामा उपभोक्ताको आकर्षण कम
बाँकेको बैजनाथ गाउँपालिका –४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मासिक खर्च करिब ७० देखि ८० हजार रुपियाँसम्म छ । तर ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै छ ।
बेसहारालाई सहयोग जुट्दै
भीरबाट लडेर बुबाको मृत्यु भएपछि बेसहारा बनेका प्युठानको झिमरुक–३ बादिकोट निवासी वसन्त सामतको तीन जना सन्तानलाई फेसबुकबाटै आर्थिक सहयोग जुटेको छ ।
विकास निर्माणमा ऐक्यबद्धता
बाँकेबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यले जिल्लाको समग्र विकासका लागि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले एकआपसमा सहकार्य गर्दै बाँकेको समग्र विकासका लागि साझा सङ्कल्प तयार पार्न ऐक्यबद्धता जनाएका हुन्। कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गर्ने विश्वास दिलाउनुभयो। कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक ‘हब’ बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकालले बताउनुभयो।
सडक विस्तारमा विलम्ब
अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुँदा पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकादेखि पूर्व–पश्चिम राजमार्गको सुनवलसम्मको सडकखण्ड विस्तारको काम समयमा सुरु हुन सकेको छैन। महेशपुर भन्सारदेखि सुनवलसम्मको चार लेनको बाटो विस्तारका लागि तीन वर्षपहिला नै सडक विस्तारको डीपीआर तयार पारी अर्थ मन्त्रालय पठाइएको भए पनि अर्थबाट स्वीकृत भइनसकेका कारण सडक विस्तारको कामले गति लिन नसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले बताउनुभयो।
किशोरी अवस्थामै आमा
बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो।
‘अर्थतन्त्र उठ्न निजी क्षेत्रलाई प्रोत्साहन’
निजी क्षेत्रलाई प्रोत्साहित नगरी नेपालको अर्थतन्त्र माथि उठ्न नसक्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
पर्यटकको रोजाइमा पाल्पा दरवार संग्राहलय
रिब्दिकोट गाउँपालिका ७ कि सरस्वती थापा बिगत केहि वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौंमा बस्न थालेपछि उहाँले ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । पाल्पा दरवार संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा भने गाउँको सम्झना बिर्साउने गरि मनै लोभ्याएको बताउनुहुन्छ ।
नेपालगञ्जका सात स्थान अब ‘फ्री वाईफाई जोन’
नेपालगञ्ज उपमहानगरपालिकाका अब ‘फ्री वाईफाई जोन’ भएको छ । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो ।
विजयनगरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
जीवनरक्षाका लागि क्यान्सरपीडित शाहको आग्रह
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरका दिवश शाहले जीवन रक्षाका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर
श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको भेरी अस्पतालले जनाएको छ ।
राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै
द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका(७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरूको दिनहुँ भिड लाग्ने गरेको छ ।
सवारी धनी र नक्कली चालक पक्राउ
प्रहरीको आँखा छल्न नक्कली सवारी चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई पक्राउ गरिएको छ ।
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ ।
नेपालगञ्ज र बुटवलमा ‘वाटर एटीएम’
बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले धित मर्ने गरी पानी पिउन सकिने बताउनुभयो। उहाँजस्तै अन्य सर्वसाधारणले पनि वाटर एटीएमबाट तीनदेखि पाँच रुपियाँमा धित मरुन्जेल पानी पिउन सकिने बताएका छन्।