नारद कोहार
तौलिहवा, माघ १७ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
उहाँले गाउँपालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुदसँगै अगाडि बढाउन सबै एकजुट हुनुपर्ने पनि बताउनुभयो । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, कबड्डी, तेक्वान्दो विधा समावेश गरिएको छ ।