• ९ पुस २०८२, बुधबार

कपिलबस्तुका चार पालिकामा विद्यालय बन्द

blog

यशोधरा गाउँपालिकाको प्रशासनिक भवन । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), पुस ९ गते । केही दिनदेखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुको चार पालिकाले विद्यालय बन्द गरेका छ । केही दिनदेखि जाडो बढेपछि जिल्लाको कपिलबस्तु नगरपालिका, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालय बन्द गरेका हुन् ।

यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीका अनुसार केही दिनदेखि बढिरहेको अत्यधिक चिसो तथा शितलहरका कारण विद्यालयमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएका कारण विद्यालय बन्द गरिएको बताउनुभयो । 

उहाँका अनुसार पालिका भित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्याललय सोमबारसम्मका लागि बन्द गरिएको बताउनुभयो । त्यस्तै, यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार मौसम प्रतिकुलका कारण अत्यधिक चिसो बढेको कारणले पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा पुस १४ गतेसम्म जाडो विदा दिइएको बताउनुभयो ।

त्यस्तै, शुद्धोधन गाउँपालिकाले पुस ११ देखि १८ गतेसम्म र कपिलबस्तु नगरपालिकाले पुस ११ गते जाडो विदा दिइएको छ ।