• १५ असोज २०८१, मङ्गलबार

शिवराज खेल महोत्सव आजदेखि सुरु

blog

कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजना भएको खेल महोत्सवको उद्घाटनसत्र । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ १८ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सञ्चालनमा आएको छ । बुधवारदेखि सुरु भएको खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता सञ्चालन हुनेछ । 

स्थानीय स्तरका खेलाडीको पहिचान गराई प्रदेश तथा राष्ट्रिय स्तरमा उनीहरुको पहुँच बनाउन खेल महोत्सवले भूमिका खेल्ने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । प्रतियोगितामा १६ सय खेलाडीबीच प्रतिस्पर्धा हुने नगरप्रमुख अजय थापाले बताउनुभयो ।

राष्ट्रपति रनिङ सिल्डतर्फ दौड, रिले दौड, शर्ट फुट, ज्याभ्लिन थ्रो, हाई जम्प, लङ्ग जम्प त्यसैगरी मेयर कपतर्फ पुरुष फुटबल, भलिबल, क्रिकेट र व्याडमीन्टनका खेलहरु सञ्चालन हुनेछन् । उपमेयर कपतर्फ महिला फुटबल, भलिबल, क्रिकेट र कराँते प्रतियोगिता समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभयो ।

मेयर कपतर्फ ८ लाख, उपमेयरतर्फ ७ लाख, राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ ५ लाख र ससर्त अनुदानबाट प्राप्त भएको १ लाखगरी २१ लाख रुपियाँ लगानी हुने जनाइएको छ । मेयर कपको विजेताले नगद ३० हजार, मेडल, शिल्ड र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले बताउनुभयो ।