• ९ पुस २०८२, बुधबार

राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपाको एकता

blog

काठमाडौँ, पुस ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा, नेपालबिच पार्टी एकताको निर्णय भएको छ । 

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको फोटो सामाजिक सञ्जालमा राख्दै पार्टी एकताको निर्णय भएको जानकारी गराउनुभएको हो । 

कमल थापाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।’ 

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले ०७८ माघ २५ गते पार्टी छोड्नुभएको थियो ।