• २४ वैशाख २०८१, सोमबार

सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला

blog

पाल्पा, वैशाख ७ गते । पाल्पा जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाइ आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । 

मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिँचाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासि सुख्खा पहिरोले पुरिएर बेपत्ता हुनुभएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिनुभएको हो । कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो । 

हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले जानकारी दिनुभयो ।