• ११ माघ २०८२, आइतबार

तस्करीको लागि लुकाइएको काठ बरामद

blog

बरामद गरिएको काठ ।

अविनाश चौधरी

धनगढी, मङ्सिर २८ गते। तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ।

कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।

तस्करी गर्ने प्रयोजनले लुकाएर राखेको सालको २१० थान कडी र २३ थान फ्रेम गरी २३० घनफिट चिरान काठ बरामद गरिएको वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो।उहाँले अभियुक्तलाई पनि चाँडै पक्राउ गरेर कारबाही गरिने बताउनुभयो।