• २४ वैशाख २०८१, सोमबार

पाल्पामा दुई जना सदस्य निर्विराेध निर्वाचित, घाेषणा हुन बाँकी

blog

भिमीसरा आले र पार्वती हिताङ

पाल्पा,  वैशाख १३ गते । पाल्पामा दुई जना सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट मात्र उम्मेदवारी परेको छ । 

पूर्वखोला गाउँपालिकाको वडा नं. २, जल्पामा महिला सदस्य र वडा नं. ५ वीरकोटमा दलित महिला सदस्यकाे मात्र उम्मेदवारी परेको बताइएकाे छ। 

वडा नं. २ मा महिला सदस्यका लागि भिमीसरा आले र वडा नं. ५ मा दलित महिला सदस्यको लागि पार्वती हिताङ उम्मेदवारी परेको थियो । 

दुबै जनाले उम्मेद्वारी दिनुभएको पदमा मनोनयन दर्ता गर्ने अवधिसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।