शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर २८ गते। कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा नेपाल कला संस्कृति उत्थान समाजले शनिबार नेपाल भाषाका लोककवि राजभाइ जकःमिलाई अभिनन्दन गरेको छ।
कीर्तिपुर नगर परिक्रममा गराएर उहाँलाई अभिनन्दन गरिएको हो। विगत पाँच दशकदेखि नेपालभाषा, साहित्य, संस्कृति कल चलाउँदै आउनुभएका लोककवि राजभाइलाई स्वदेश तथा विदेशमा रहेका करिब १८ वटा संघ संस्थाको संयुक्त अभिनन्दन पत्र कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान महर्जन, उपप्रमुख शुभलक्ष्मी शाक्यलले प्रदान गर्नुभयो।
विजयलाल डंगोलका अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँको चित्रसहितको खण्डकाव्य ‘किपू देय्या तजिलजि’ (कीर्तिपुरको रहनसहन) पुस्तकसमेत सार्वजनिक भएको छ।