• १२ साउन २०८१, शनिबार

माओवादीले चुनाव हार्दा मुुलुुक हार्छ : अध्यक्ष प्रचण्ड

blog

होमराज रानाभाट

देवचुुली वैशाख ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले जिम्मेवारी दिएमा मुुलुुकको हितमा आफनो कर्तव्य पूरा गरेर छाडने बताउनुुभएको छ । निर्वाचनमा माओवादी पार्टी हार्दा मुलुक हार्ने उहाँले दाबी गर्नुभयो ।  

अध्यक्ष प्रचण्डले माओवादी जनताका लागि लडेको बताउँदै सबैको अग्रगामी परिवर्तनका लागि पार्टी लडेको चर्चा गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नवलपुुरले शनिबार दलदलेमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुुरा बताउनुुभयो । 

अहिले पनि केही शक्ति संविधान उल्टाउन लागि परेकाले संविधानको रक्षाका लागि गाउँगाउँ गएर यसको महत्व बुुझाउन कार्यकर्तालाई आग्रह गर्नुुभयो ।'यो चुुनाव हाम्रा लागि लडाइँ हो, हामी जित्दा देशले जित्छ, हार्दा देशले हार्छ', उहाँले भन्नुभयो,'बिगतमा हामीले गरेका गल्तीलाई स्वीकारेर जनताका बीचमा आएका छौं, यो निर्वाचनमा माओवादीले हार्यो भने गणतन्त्र हार्छ । गणतन्त्र हार्दा महिला, जनजाती अपाङ्गता भएका सबै वर्ग हार्छन् ।' 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, 'विगतमा हामीले धेरै मिहेनत र त्याग गरेर संबिधान ल्यायाौं, देशलाई संघीय लोकतान्त्रिक निर्बाचनतर्फ लैजाने काम माओवादीले गरेको हो ।'

पार्टी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका जिल्लाभरिका अगुुवा कार्यकर्ताको सहभागिता थियो ।