• १२ साउन २०८१, शनिबार

दुई हजार आठसय विद्यार्थीको निःशुल्क आँखा जाँच

blog

निशुल्क आँखा जाँच गराएका विद्यार्थी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, माघ १६ गते ।  नेपालगञ्जका विभिन्न ४ वटा विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा निःशुल्क आँखा परीक्षण गरिएको हो ।  

फत्तेवाल आँखा अस्पतालले नेपाल सरकारको सहयोगमा निःशुल्क विद्यालय आँखा जाँच शिविर आयोजना गरेर नेपालगञ्ज उपमहानगरपालिकाका चार वटा सामुदायिक विद्यालयका विद्यार्थीको आँखा जाँच गरेको छ । 

फत्तेवाल आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले दिनुभएको जानकारी अनुसार फुलटेक्रा माध्यमिक विद्यालयका चार सय जना, महेन्द्र माध्यमिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यमिक विद्यालयका २१४ जना र धम्बोझी माध्यमिक विद्यालयका १ हजार ८५० जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । 

आँखा जाँच गरिएका विद्यार्थीहरुमध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीलाई निःशुल्क चस्मा समेत वितरण गरिएको उहाँले बताउनुभयो । विद्यालय पढ्ने विद्यार्थीलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले नेत्र ज्योति सङ्घ बाँकेले नियमित रूपमा विद्यार्थीको विद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ । दृष्टिदोषको समस्या देखिएका विद्यार्थीलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको कार्यक्रम प्रमुख सादिकको भनाइ छ । 

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरमार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको नेपाल नेत्रज्योती सङ्घ बाँकेले जनाएको छ ।