• १२ मंसिर २०८१, बुधबार

आठ हजार रुख काटियो

blog

परासी समाचारदाता 

नवलपरासी, माघ १७ गते । बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् प्रसारण लाइन विस्तारका क्रममा पश्चिम नवलपरासीमा मात्र आठ हजार रुख काटिएका छन्। 

कालीगण्डकी कोरिडोर क्षेत्रमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नवलपरासीको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा गरी आड हजार ६०१ वटा रुख काटिएको डिभिजन वन कार्यालय अधिकृत महेन्द्रराज वाग्लेले बताउनुभयो।   

सुनवल नगरपालिकाको ७, ४, ६ नम्बर वडामा रहेको राष्ट्रिय वन र बडेरा सामुदायिक वन क्षेत्रका रुख, पोल र लाथ्राे गरी यतिको सङ्ख्यामा वनस्पति काटिएको हो। मुख्य रूपमा रुख र पोल गरी यो वन क्षेत्रबाट ठूलो मात्रामा रुख काटिएको छ।  यस क्रममा चुरे पहाड क्षेत्रमा रहेको बुद्ध राष्ट्रिय वन क्षेत्रबाट सात हजार ३३६ र बडेरा सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रबाट एक हजार २६५ रुखहरू काटिएको डिभिजन वन कार्यालय नवलपरासीले जनाएको छ। 

यसैगरी भरतपुरबाट बुटवलसम्म विद्युत् लाइन विस्तारका लागि पनि हजाराैँ रुख काटिएका छन्। सुनवलको २२० केभी प्रसारण लाइनको सबस्टेसन र कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना बनेपछि नवलपरासी र रुपन्देहीका औद्योगिक क्षेत्रहरूमा विद्युत् अभावको समस्या समाधान हुनेछ।