• १२ मंसिर २०८१, बुधबार

लमहीमा पनि मन्त्रालय राखिने

blog

देउखुरी समाचारदाता

देउखुरी, माघ १० गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशका केही मन्त्रालयलाई लमहीसम्म राख्ने योजना ल्याएको छ। 

राप्ती उपत्यका क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार नभएपछि बढीमा दुईवटा मन्त्रालय लमही क्षेत्रमा राख्ने गरी तयारी थालिएको हो। राजधानी कार्यान्वयन गर्न र त्यसको भौतिक पूर्वाधारलगायतको व्यवस्था गर्न राजधानीका लागि आवश्यक प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको छ। 

समितिले लमही नगरपालिकाका विभिन्न सर्वाजनिक तथा सामुदायिक भवनको निरीक्षण गरेको छ। लमही नगरपालिका–५ को रातोडाँडामा रहेका सामुदायिक भवनहरू देउखुरी उद्योग वाणिज्य सङ्घको भवन, नेत्रज्योति सङ्घको भवन, भूतपूर्व सैनिक सङ्गठनको भवन, त्यसैगरी लमही नगर विकास समितिको भवन, लमही नगर विकास समितिकै मातहतमा रहेको व्यापारिक भवनलगायतमा मन्त्रालय राख्न उपयुक्त हुने बताइएको छ। 

देउखुरी उद्योग वाणिज्य सङ्घ, लमहीले प्रदेश सरकारका लागि आवश्यक पर्ने सामुदायिक भवनहरू उपलब्ध गराउने सक्रियता देखाएको छ। देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले लमही क्षेत्रमा प्रदेश सरकारले माग गरेमा आवश्यक भवनहरू उपलब्ध गराउने अवस्थामा आफूहरू रहेको बताउनुभयो।