• १३ असोज २०८१, आइतबार

सैनामैनामा ऐतिहासिक तीन दिने भड्छा मेला सुरु

blog

पविता पौडेल 

सैनामैना, माध ७  गते । रुपन्देहीको सैनामैना नगरपालिकामा ऐतिहासिक भड्छा महोत्सव आज शनिबारबाट सुरु भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना –८ ले माघेऔंसीको अवसरमा मेला आयोजना सुरु भएको हो ।  

रुपन्देहीको पुरानो मानिएको भड्छा मेला पश्चिम सैनामैना नगरको भड्छा गाउँमा सञ्चालन हुँदैआएको छ । मेला सञ्चालनका लागि बसेको समाजको भेला तथा छलफलबाट माघ ६ देखि ८ गतेसम्म मेला सञ्चालन गर्ने निर्णय गरेको थियो  । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित विगतका वर्षमाजस्तै यस वर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले भड्छा मेला सुरु भएको हो ।

मेलाका लागि सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । वडा अध्यक्ष चौधरीले भडछा मेला यस क्षेत्रकै ऐतिहासिक मेला भएको बताउँदै थारु जातिको संस्कृति बचाउने र मेलाको ऐतिहासिक महत्त्व प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई व्यवस्थित रूपले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । रातिमा सुरु हुने र रातिमा सम्पन्न हुने भएकाले यो मेलाको महत्त्व बढी रहेको छ स्थानीयको बुझाइ छ ।