• ८ वैशाख २०८१, शनिबार

भालुको आक्रमणबाट गम्भीर घाइते

blog

लुम्विनी प्रादेशिक अस्पतालमा उपचाररत घाइते विक । तस्बिर : गोरखापत्र

रेखीराम राना

पाल्पा, माघ ११ गते । घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ । 

घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएका विकलाई उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको आफन्त शुक्र विकले जानकारी दिनुभयो ।