• ११ वैशाख २०८१, मङ्गलबार

सुस्ता बचाऊँ अभियन्ताको निधन

blog

नवलपरासी, माघ १२ गते । सुस्ता बचाऊँ अभियानका अध्यक्ष गोपाल गुरुङको मस्तिष्क घातबाट निधन भएको छ । गुरुङको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँकी जेठी छोरी पसन्द गुरुङका अनुसार २०२४ सालमा गण्डकी प्रदेशको तनहुँमा जन्मनुभएका गुरुङ सुस्ता बचाऊँ अभियानमा सक्रिय हुनुहुन्थ्यो । 

प्रहरी सेवाबाट निवृत्त गुरुङ नेपालको भूमिमा भारतको अतिक्रमण बढेपछि सुस्ताको रक्षाका लागि सङ्घर्षमा उत्रिनु भएको थियो । उहाँले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्ता गाउँ जोगाउन अभियान थाल्नुभएको थियो ।