• २७ वैशाख २०८१, बिहिबार

रुकुमपूर्वका लेकाली भेगमा भारी हिमपात (फोटो फिचर)

blog

रुकुमपूर्वको लेकाली भेगमा भएको हिमपात । तस्बिरः जयमान बुढामगर

जयमान बुढा मगर

रुकुमपूर्व, माघ ११ गते । मङ्गलबार दिउँसोदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको लेकाली भेगमा तथा उच्च भूभागमा हिमपात भइरहेको हो । 

यस वर्ष हिउँदे वर्षा भएको यो पहिलो पटक हो । हिमपात तथा वर्षाका कारण जनजीवन कष्टकर बनेको भूमे गाउँपालिका –२ गाबाङका जुनकुमार रोका मगरले बताउनुभयो । हिमपात तथा वर्षाले गाईवस्तुलाई पनि समस्या भएको छ । 


वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको रोका मगरले जानकारी दिनुभयो । वर्षा र हिमपातले चिसो बढे पनि किसान भने खुसी भएका छन् । 

हिउँदे बाली लगाएदेखि पानी नपरेकाले आकाशे पानीको भरमा रहेका किसानलाई सिँचाइको राहत मिलेको कृषकहरूले बताएका छन् । अहिले कृषकहरूले बारीमा गहुँ, जौ र तरकारी बाली लगाएका छन् ।