सुनका गहनासहित भारतीय नागरिक पक्राउ
बाँके प्रहरीले ६ लाख बढीको सुनका विभिन्न गहनासहित एक भारतीय नागरिकलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।
कांग्रेसको प्रथम सम्मेलनको तयारी पूरा
नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।
चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा
वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ ।
अत्याधुनिक शौचालय भत्काइयो
नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालय भत्काइएको छ । नेपालगन्जको धम्बोझीमा चार वर्षअघि निर्माण गरिएको शौचालय केही समयमात्रै प्रयोगमा आएपछि प्रयोगविहीन भएको हो ।
गोरुपालक कृषकलाई हलो उपहार
मुसिकोट नगरपालिकाले गोरुपालक ४० जना कृषकलाई हलो उपहार दिएको छ । मुसिकोट नगरपालिका ८ का ४० जना गोरुपालक कृषकलाई हलो अनुदानमा उपहार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष रमेश विकले जानकारी दिनुभयो ।
राडारगनको प्रयोगले दुर्घटनामा कमी
बाँकेको मुख्य दुई सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति मापनका लागि राडारगनको प्रयोग गर्न थालिएपछि सवारी दुर्घटनामा कमी आएको छ ।
तालको प्रचारप्रसार गर्न सांस्कृतिक महोत्सव सुरु
लुम्बिनीको नजिक भएर पनि ओझेलमा परेको रुपन्देही जिल्लाकै ठूलो गैडहवा तालको प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव सुरु भएको छ ।
कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु
बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ ।
जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।
बाँकेमा शिशु मृत्यु दर उच्च
पश्चिम नेपालकै स्वास्थ्य हब मानिने ठुलाठुला अत्याधुनिक सरकारी र गैर सरकारी अस्पतालहरू रहेको बाँकेमा मातृ मृत्युदर उच्च हुनुका साथसाथै नवजात शिशुको मृत्यु दर पनि उच्च छ ।
खोरभित्रैबाट चितुवाले चार बाख्रा खायो
पछिल्लो समय गुल्मीमा चितुवा आतङ्क बढेको छ । रातको समयमा जङ्गलबाट चितुवा मानव बस्तीमा पस्दा स्थानीयमा त्रास पैदा भएको छत्रकोट ६ का लक्ष्मण ज्ञवालीले बताउनुभयो ।
सेउघा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन
गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
रिडीमा भजन महोत्सव हुने
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा भजन महोत्सव हुने भएको छ ।
भेरीमा उपचाररत भूकम्पका घाइतेको सङ्ख्या शून्य
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका विरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ ।
बाँकेमा शीतलहरबाट जोगाउन ठाउँ–ठाउँमा आगो बाल्ने व्यवस्था
दिनदिनै चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बाँदरले गोलभेँडा पनि छाडेन
घोराही उपमहानगरपालिका–१३ उपल्लो लापेका दानबहादुर राङु मगरले आठ कट्ठा जमिनमा व्यावसायिक गोलभेँडा खेती गर्दै आउनुभएको छ । मकै, गहुँ, आलुलगायत खेती गर्दा जङ्गली जनावरले समस्या पारेपछि अन्नबाली छाडेर तरकारी खेतीमा लागेका दानबहादुरले भन्नुभयो, “उत्पादन राम्रै हुन्छ तर आम्दानी लिने आधाको मात्रै हो, आधा त बाँदरले सकिदिन्छ, बाँदरलाई अधियाँ दिए जस्तै हुन्छ ।”
मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।
तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला
गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।
भूकम्पपीडितलाई राहत सहयोग गर्नेलाई सम्मान
गत कात्तिक १७ गते जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्पमा परी पीडितको राहत र उपचारका लागि सहयोग गर्ने बाँकेका विभिन्न संघ संस्था र व्यक्तिहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्मान गरेको छ ।
शिक्षण पेशासँगै कृषिमा जम्दै न्यौपाने
कालीगण्डकी गाउँपालिका –२ अर्वेनीका लक्ष्मीपति न्यौपाने पेशाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी –१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहततर्फ अध्यापन गर्दै आउनुभएको छ ।
घाँस बिक्री हुन छाडेपछि घँसियारा सङ्कटमा
नेपालगन्ज उपमहानगरपालिका–८ घँसियारन टोलकी छोटाना केवट बिहान–बेलुका घाँस ल्याएर बिक्रीका लागि बस्नुहुन्छ । तर घाँस खरिद गर्नेहरू नआउँदा त्यसै फर्किनु पर्छ ।
क्यासिनोमा प्रहरीको छड्के चेकजाँच
नेपालगन्जका क्यासिनोहरुमा प्रहरीले छड्के चेक जाँच गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले यहाँ सञ्चालित सात वटा क्यासिनोमा छड्के चेकजाँच गरेर नेपालीहरू भएनभएको बारे अनुसन्धान गरिएको हो ।
ब्याजदर विरुद्धको आन्दोलन निरन्तर
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति बाँके-बर्दियाले उद्योगी व्यवसायीका माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
बाँकेमा ३५० भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण
बाँके जिल्लाका भूमिहीन र सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण कार्य सुरु गरिएको छ। सो क्रममा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ मा ३५० जना भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। निस्सा पाएपछि लालपुर्जा पाउने बाटो खुल्ने गरेको छ।