'प्रज्ञान'काे लोकार्पण
तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागद्वारा प्रकाशित 'प्रज्ञान' को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘प्रज्ञान’को लोकार्पण गर्नुभयो ।
मेयर कपमा दमकडा फाइनलमा
तानसेनमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा तानसेन-९ दमकडा फाइनलमा प्रवेश गरेको छ । तानसेनस्थित टुँडिखेल मैदानमा तानसेन–९, र तानसेन-६, का बिचमा भएको प्रतिष्पर्धामा तानसेन ९ दमकडा ३-२ गोल अन्तरले विजयी बनेको हो ।
नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
नेपालगन्ज उपमहानगरपालिकाभित्र नियमविपरीत र कागजातबिना सञ्चालनमा रहेका ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।
'राडार गन'बाट सवारी गति मापन
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडार गन’ मार्फत सवारी साधनको गति मापन र कारबाही सुरु गरेको छ ।
नेपालगन्जका मिठाई पसलमा अनुगमन
प्रशासनको नेतृत्वमा मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलहरुमा अनुगमन गरिएको हो ।
जिओ प्रविधिबाट सडक बनाइँदै
पाल्पा जिल्लामा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको छ। जिल्लाको माथागढीमा सञ्चालित चुनढुङ्गा पहुँच मार्गको गिद्धे भिर खण्डमा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको हो। नेपालमै पहिलो पटक यो प्रविधिको प्रयोग गरी गिद्धे भिरमा सडक निर्माण हुन लागेको माथागढी गाउँपालिकाले जनाएको छ। माथागढी गाउँपालिका–७ र ५ मा चुनढुङ्गा खानी सञ्चालन भइरहेको पाल्पा सिमेन्ट प्रालि र अर्घाखाँची सिमेन्ट प्रालिको संयुक्त लगानीमा जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुन लागेको हो।
कपिलवस्तुबाट गैरआवासीय नेपालीलाई नागरिकता
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले हाल क्यानडामा बसोबास गर्दै आएका कृष्णनगर नगरपालिका– २ निवासी नितेष श्रेष्ठलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।
विद्यार्थीलाई न्यानो कपडा वितरण
गुल्मीमा ३८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन यूथ क्लब नेपाल गुल्मीले रेसुङ्गा नगरपालिका-३ को पृथ्वी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
नियन्त्रणका लिइएका ई–रिक्सा छोड्न माग गर्दै चालक आन्दोलनमा
नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मङ्गलबार उप–महानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।
बालसुधार गृहलाई सामग्री प्रदान
बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
फोर्टिन स्टार कप पुसमा
गुल्मीको स्टार युवा क्लबको आयोजनामा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
चितुवा नियन्त्रण गर्न निकुञ्जको टोली प्युठानमा
झिमरुक गाउँपालिकामा चितुवाले पशुचौपाया खान थाले स्थानीय त्रसित बनेका छन् । पालिकाका विभिन्न बस्तीमा दिउँसोको समयमा घरमा रहेका पशुचौपायालाई चितुवाले आक्रमण गरेर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
पाल्पा स्कुल कपको उपाधि होराइजन माविलाई
क्रिकेट पाल्पा स्कुल कप-२०८० को उपाधि तानसेनको न्यू होराइजन माविले हात पारेको छ ।
मृतक परिवारलाई आर्थिक सहयोग
मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो ।
अपाङ्गता भएकाहरुकाे लागि निःशुल्क स्वास्थ्य शिविर
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
उद्योगी व्यवसायीद्वारा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र
बाँके र बर्दियाका उद्योग वाणिज्य सङ्घ र उद्योगी व्यवसायीका सङ्घसंस्थाले प्रधानमन्त्री, सङ्घीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढेन
राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरु नियुक्त भएको दुई वर्ष बितिसक्दा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
पुरुष पनि घरेलु हिंसामा !
बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिनुभयो ।
नगरपालिकालाई डबली हस्तान्तरण
‘श्रीनगर सांस्कृतिक डबली’ खुला नाचघर तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँ लागतमा निर्माण गरिएको डबली संरक्षण, सञ्चालन, व्यवस्थापनको अधिकारसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यो डबली जिल्लाकै महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रूपमा रहेको छ । प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजार रुपियाँ लागतमा तानसेनको बतासेमा सांस्कृतिक डबली बनाइएको छ । विभिन्न जातजातिको कलासंस्कृति यस डबलीमा प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखी यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको डबलीको साँचो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेनका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
सहरमै मातृ मृत्युदर उच्च
सुविधासम्पन्न दर्जनौँ स्वास्थ्य संस्था रहेको बाँकेको नेपालगन्ज सहरमै मातृ मृत्युदर उच्च रहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा तीन आमाको मृत्यु भइसकेको छ । गत वर्ष पनि पाँच आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या पनि धेरै छ ।
गढवा–कालाकाटे सडक निर्माण
दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मङ्गलवार नवलपरासीको रामग्राम आउँदै हुनुहुन्छ ।
रामग्राममा सात हजार दीप प्रज्वलन
बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र सात हजार दीप प्रज्वलन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गर्नुभयो ।
पर्यटन ऐन संशोधन हुन्छ : राज्यमन्त्री सिर्पाली
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकीय क्षेत्रको बिकासका लागि केही कानुनी अड्चन रहेकाले संशोधन गरिने बताउनुभएको छ ।