• १५ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउनुहुँदै

blog

भुवन कार्की

पश्चिम नवलपरासी, मङ्सिर २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मङ्गलवार नवलपरासीको रामग्राम आउँदै हुनुहुन्छ । 

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड बिहान नौ बजे नै पश्चिम नवलपरासीको रामग्राम आइपुग्ने कार्यतालिका रहेको लुम्बिनी विकास कोेषले जनाएको छ । शुभारम्भको अघिल्लो दिन सोमबार बेलुका रामग्राम शान्ति दीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको छ ।  

रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तुपाको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ । रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको हो । 

कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ  । मध्यान्ह १२ बजेर १२ मिनेमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डसहित पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।